अन्तर्राष्ट्रिय

राष्ट्रसंघीय दूत एकाएका किन पुगे यमनमा ?

साना । संयुक्त राष्ट्रसंघका एकजना विशेष दूत आइतबार यमन पुगेको समाचार छ । उनी दुई हप्तायता यो दोस्रो पटक यहाँ आएका हुन् । यमनको द्वन्द्व समाधानका लागि तोकिएका विशेषदूत मार्टिन ग्रफ्थ आइतबार यमनको राजधानी साना पुगेको समाचारमा जनाइएको छ । उनले यहाँको सरकार र द्वन्द्वरत पक्षसँग वार्ताको प्रयास गर्नेछन् ।

उनले यहाँका विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि पहल गर्न त्यहाँ पुग्नुभएको अनुमान गरिएको छ । तर यस विषयमा संयुक्त राष्ट्रसंघको तर्फबाट भने केही सूचना आएको छैन ।

यसअघिको भ्रमणका क्रममा विशेषदूत मार्टिनले आफूले यहाँका विद्रोहीलाई शान्ति प्रक्रियाका लागि वार्तामा ल्याउन पहल गर्ने बताबताएका थिए । यमनी हुथी विद्रोहीका कारण यहाँ पछिल्लो समयमा ठूलो सङ्कट उत्पन्न भएको छ । सो सङ्कट समाधानका लागि राष्ट्रसंघले पहल गर्ने जनाइएको थियो ।

तर शान्ति प्रक्रियाका लागि गरिएका भनिएका विगतका प्रयासहरुको ठोस निष्कर्ष भने केही आएको छैन । जसका कारण यहाँ दिन प्रतिदिन हिंसा थपिएको बताइन्छ ।

पूर्वी सिरियामा १५ लडाकू मारिए

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार इराक र सिरियाको पूर्वी सीमा क्षेत्रमा शनिबार राति भएको बमबारीमा परी १५ जना लडाकू मारिएका सरकारी स्रोतले आइतबार जानकारी दिएको छ ।

यी लडाकूहरु सरकार समर्थित समूहका रहेको बताइएको छ । सिरियाली सरकारआवद्ध सुरक्षामाथि भएको यो एक भयानक आक्रमण भएको बेलायतआवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

सिरियाको उक्त क्षेत्र दैर इजोर प्रान्तको अल हारी भन्ने स्थानमा रहेको छ । त्यो क्षेत्रमा गत हप्तामात्र पनि सिरियाको सरकारलाई समर्थन गर्ने समूहका ३८ विदेशी लडाकू मारिएका सिरियाली सरकारले जानकारी दिएको थियो ।

सिरियाली सरकारी सञ्चार माध्यमकाअनुसार यस आक्रमण इस्लामिक स्टेट्स् ९आइएस० आतङ्ककारी समूहले अमेरिका र रुसका सेनाविरुद्ध भन्दै गरेको अनुमान गरिएको छ ।