समाचार

राष्ट्रपतिद्वारा जंगी अड्डाको भ्रमण

काठमाडौ । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारी नेपाली सेनाको जंगी अड्डामा आउनु भई समसामयिक विषय तथा नेपाली सेनाको गतिविधि सम्बन्धी जानकारी लिएकी छन् । कार्यक्रममा बोल्दैँ नेपाली सेनाको सवलीकरण, सुदृढिकरण र सांगठनिक विकास तथा पारम्परिक मर्यादा अक्षुण्ण राख्नको लागि नेपाल सरकारबाट प्राप्त सहयोग तथा भूमिका महत्वपूर्ण रही आएको तथा नेपाली सेनाले सदैव राष्ट्रिय स्वार्थहरुलाई सर्वोपरि राखी कार्य गर्दै आईरहेको बताए ।

कार्यक्रमको दौरान सम्बन्धित विभागका रथीबृन्द तथा अधिृकतहरुले वर्तमान बस्तुस्थितिको जानकारी गराउनुको साथै नेपाली सेनाको जिम्मेवारी, संगठन तथा नीति नियम, अपरेशनल गतिविधि र कल्याणकारी कार्यहरु सम्बन्धी प्रस्तुतिकरण प्रस्तुत गरेका थिए ।

प्रस्तुतिकरण पश्चात आफ्नो मन्तव्य दिने क्रममा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री माननीय श्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको तथा विशिष्ट चरित्र भएको नेपाली सेनालाई आवश्यक सहयोग गर्न रक्षा मन्त्रालय तथा नेपाल सरकार सदैव सकारात्मक रहेको बताएका थिए ।

कार्यक्रमको अन्त्यमा सम्माननीय राष्ट्रपति भण्डारीले प्रस्तुतिकरणको लागि धन्यवाद दिनु हुँदै नेपाली सेनाले हालसम्म निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नु भएको थियो । उनले नेपाली सेनालाई उच्च मनोबल तथा हौसलाका साथ नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीहरुलाई सदाभैंm सम्पन्न गर्न निर्देशन समेत दिए । उक्त कार्यक्रममा राष्ट्रपति कार्यालय तथा रक्षामन्त्रालयका पदाधिकारीहरु लगायत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।