समाचार

परिवारका लागि केही गर्न नसकेको भन्दैँ अधिकृत एकाएक बेपत्ता, महानगरले निकाल्यो विज्ञप्ती

काठमाडौं । पोखरा महानगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत ओमराज पौडेल हिजोदेखि बेपत्ता भएका छन् । शनिबार मनिङवाक जान्छु भनि निस्केका अधिकृत पौडेलको अहिलेससम्म अत्तोपत्तो छैन् ।

उनी बेपत्ता भएको पोखरा महानगरपालिकाले विज्ञप्तीमार्फत जानकारी दिएको छन् । महानगरपालिका प्रमुख मान बहादुर जिसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उनलाइ खोज्न कुनै कसुर बाँकी नराखिने बताईएको छ । खोजिमा सघाउन महानगरपालिकाले सबैलाइ अपिल समेत गरेका छ ।

स्थानियका अनुसार उनले सेती नदीमा हाम फालेका थिए । तर प्रहरीले सेतीनदी आसपास खोजतलास गर्दा कतै भेट्न सकेको छैन् । पौँडेल महानगरपालिकामा वरिष्ठ सामाजिक विकास अधिृकत एव्म सूचना अधिकारीको रुपमा कार्यरत छन् ।

तर यता परिवारीरिक स्रोतका अनुसार उनले एउटा चिट लेखेर छोडेका छन् । उक्त चिटमा मैले परिवारका लागि केही गर्न सकिन भनेर लेखिएको छ ।

विज्ञप्ती:-