समाचार

सुनकाण्ड नसेलाउदैँ नेपाली सेनाका मेजरले गरे यस्तो कर्तुत, ढकेरीबाट हतकडी

काठमाडौं । सुनकाण्डकमा प्रहरीका उच्च अधिकारीहरु सुनकाण्डमा संलग्न भएको समाचारहरु आइरहदाँ एकमात्र स्वच्छ छवि बनाएको संगठन नेपाली सेनाका मेजरलाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सेनाका मेजर धिरेन्द्रजंग शाही रहेका छन् । उनलाइ आइतबार प्रहरीले बाकेँको ढकेरीबाट नियन्त्रणमा लिएको हो ।

उनीसँग एक अर्का ब्राउन सुगर कारोबारी पक्राउ परका छन् । उनीरुहको साथबाट करिब ५५ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनले आफू नेपाली सेनाको मेजर भएको बताएका छन् यद्धपी यसबारे पुष्टि हुन बाकीँ रहेको छ ।

पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।