समाचार

तीन अभियुक्त समातिए

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विभिन्न कसुर गरेर फरार रहेका तीनजना अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेनी नगरपालिका–६ का ३२ वर्षीय खिमबहादुर दमाई, बेनपा–५ कै २१ वर्षीय विपीन खत्री र बेनपा–५ छापाका सुशील जिसी रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार सवारी ज्यान मुद्दामा अदालतले एक वर्ष ११ महिना दुई दिन कैद सजाए तोकेको दमाईलाई बेनी नगरपालिका–७ बाट पक्राउ गरी कारागार चलान गरिएको छ ।

त्यसैगरी चोरी मुद्दामा चार वर्ष एक महिना १० दिन कैद सजाय तोकेको खत्रीलाई बेनपा–६ छापाबाट पक्राउ गरी अदालतको आदेशानुसार कारागार चलान गरिएको छ भने सोही मुद्दाका अर्का अभियुक्त सुशील जिसीलाई शनिबार निजको घरबाट नै पक्राउ गरी आज अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।