राजनीति

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, पत्रकारहरुसंग भने चीन भ्रमण अत्यन्तै फलदायी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् ।

प्रधानमन्त्री ओली आफ्नो टोलीसहित बिहान १०ः१५ बजे स्वदेश आई पुगेका हुन् उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरे ।

प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री ओलीले पत्रकारहरुसंग कुरा गर्दै पहिलो पटकको भन्दा दोस्रो पटकको चीन भ्रमण अत्यन्तै फलदायी भएको दाबी गरेका छन् ।