राजनीति

प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजे काँग्रेस आन्दोलनमाः महामन्त्री कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रेस स्वतन्त्रतालगायत मौलिक हकलाई नियन्त्रण गर्न खोजे आफ्नो पार्टी आन्दोलनमा उत्रने बताएका छन् ।

साँखुबाट प्रकाशित भइरहेको ‘लावण्य सन्देश’ साप्ताहिकको आठौं वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेसँग इतिहास, सिद्धान्त र निष्ठावान् कार्यकर्ता भएकाले नागरिकका मौलिक हकमाथि अंकुश लगाउन खोजिए त्यसविरुद्ध काँग्रेसले सशक्त आन्दोलन गर्ने धारणा राखे ।

“पे्रस स्वतन्त्रता जनताको अधिकार हो, त्यसमाथि हुने कुनै पनि प्रकारको प्रहार र नियन्त्रण काँग्रेसका लागि स्वीकार्य हुने छैन, प्रेस स्वतन्त्रताबिना अरु कुनै पनि स्वतन्त्रता पनि रहन सक्दैन”– महामन्त्री डा कोइरालाले भन ।े

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले राजनीतिक पूर्वाग्रहका आधारमा लोककल्याणकारी विज्ञापन रोक्न खोजिए त्यसविरुद्ध महासंघ पनि संघर्षमा जाने बताए ।

कार्यक्रममा नेपाल पे्रस युनियन एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारिता क्षेत्रका चुनौती सामना गर्न स्वतन्त्रताप्रेमी एकजुट हुनुपर्ने बताए ।

नेपाल पे्रस युनियनका महासचिव अजयबाबु शिवाकोटीले पे्रस स्वतन्त्रतामाथि सरकारका तर्फबाट हुन थालेको अनुदार काम, दबाव र नियन्त्रणमुखी प्रयास पत्रकारका लागि सह्य हुँदैन भने ।

कार्यक्रममा पूर्वसांसद दीपकप्रसाद कुईंकेलले सरकारसँग पे्रस स्वतन्त्रताविरुद्धका कदम रोक्न माग गरे ।

सो अवसरमा काँगे्रसका क्षेत्रीय सभापति उपेन्द्र कार्की, नेकपाका जिल्ला सदस्य एलपी श्रेष्ठ, राप्रपाका शंखरापुर नगर समिति अध्यक्ष गोविन्दप्रसाद श्रेष्ठ, नेपाल किसान संघका केन्द्रीय प्रतिनिधि विश्वनाथ दाहाल, काँग्रेस शंखरापुर नगरपालिकाका राजुभाई मानन्धर, नयाँशक्ति पार्टीका माधव श्रेष्ठ, ‘लावण्य सन्देश’ साप्ताहिकका प्रकाशक सम्पादक पवनलाल श्रेष्ठ, बजार व्यवस्थापक जयराम श्रेष्ठ, व्यवस्थापक सत्यनारायण श्रेष्ठलगायतले प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गरे ।