सामाजिक सञ्जाल

रबी लामिछाने एक ‘अपराधी’ हुन, ‘प्रेश पास’ समेत नलिने ‘पित पत्रकार’ हुन- नायीका स्वेता खड्का

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा नायिक स्वस्तिमा खड्काले लेखेको स्टाटस यतिखेर भाइरल बनिरहेको छ । ‘न्यज ट्वान्टि फोर’ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर लोकप्रिय बनेका प्रस्तोता रबि लामिछाने अमेरिकी नागकि हुन भन्दै विवादित बनेपछि सामाजिक अभियान्ताहरुले उनलाई साथ दिईरहेकाका बेला नायिका खड्काको फेसबुक स्टाटसमा रवि लामिछाने विरुद्ध किन लेखिन भन्ने प्रश्न उठिरहेको छ ।

उनले रवि लामिछाने विरुद्ध लेखेकी छैनन्, उनको स्टाटसलाई नबुझी नायिका खड्का विरुद्ध अपशब्द, अश्लिल टिकाटिप्पणी गर्नु सरासर गलत हो । वास्तवमा उनले के स्टाटस मार्फत के भन्न खोजेकी थिईन् ?  जनताबाट वाहवाह पाएका र सरकारसमेत जेल हाल्न र उनलाई देश निकाला गर्न तयारी हालतमा बसेको भएपनि डराएर ब्याक भएको अवस्थामा आफ्नो फेसबुकमा चर्चित नायीका समेत रहेकी स्वेता खड्काले रबि लामिछानेको किन कडा रुपमा बिरोध गरिन्, के छ रहस्य त्यो हामीले खोज्ने प्रयास गरौंला तर अहिले खड्काले पत्रकार लामिछानेको बिरोध कसरी गरिन् त्यो पढौं ।  उनकै शब्दमा ब्यँग्य गर्दै लेखेको स्टाटस

‘सरकार, रबी लामिछानेलाई खुल्ला मन्चमा ल्याएर फाँसी दिईओस’

“अमेरिकन पासपोर्टधारी भनिएका रबी लामिछाने यतेखेर सामाजिक संजालमा बहसको एउटा पात्र बनेका छन । उनको बिपक्षमा भन्दा पनि पक्षमा बोल्नेहरुको जमातनै धेरै देखिन्छ । म पनि उनको पक्षमा भन्दा पनि बिपक्षमा बोल्नेहरुको सानो जमातसंगै लोलीमा लोली मिलाउँदै आफ्ना केही ब्यक्तिगत धारणाहरु प्रस्तुत गर्ने जमर्कोमा छु ।
फेसबुकको भित्तोमा लाइभ कार्यक्रम मार्फत आम(जनतासंग जोडीएर समसामयीक बिसयको बारेमा जानकारी दिने बहानामा ‘हिरोइज्म’ प्रदर्शन गरिरहेका र न्युज २४ मार्फत ‘जनतासंग सिधा कुरा’ नामक कार्यक्रम मार्फत टेलिभिजन कार्यक्रम समेत चलाऊंदै गैर्‍हकानुनी पत्रकारिता गरिरहेका रबी लामिछानेलाई शायदै नचिन्ने, नसुन्ने र र नदेख्ने कमै होलान । शायद देशका प्रधानमन्त्रीको नाम नसुन्ने धेरै भेटिएलान तर रबी लामिछानेको नाम नसुन्ने बिरलै पाइएलान । अतस् अमेरिकी पासपोर्टधारी भनिएका यी रबी लामीछानेलाई यत्तिखेर कानुनी संकटले घेर्न थालेको छ । प्रेस पास समेत नलिई नातेदार भिशामा नेपाल छिरेका रबी लामिछाने, सम्भवत देशबाटै लखेटिने अवस्थामा पुगेका छन वा पुग्न लागेका छन ।
म उनलाई देशबाट लखेट्ने पक्षको घनघोर बिरोध गर्छु, किनकी उनले गैर्‍हकानुनी रुपमा हाम्रो देशमा छिरेर उदण्ड मच्चाएका छन । धेरै जना नेपालीहरुको भोक,प्यास र निन्द्रा खल्बल्याएका छन । अनी हाम्रो शान्ती, अमन र चयनमा खलल पुर्‍याएका छन । त्यसैले म त उनलाई देश निकाला गर्नु भन्दा पनि फाँसीनै दिनु पर्छ भन्ने मन्यता राख्दछु र सरकार समक्ष रबी लामिछानेलाई खुल्ला मन्चमा ल्याएर हामी आमजनताको सामु खुल्लेयाम फाँसी दिन हुन जोडदार माग गर्दछु । मेरो यो माग जायज हो कि होइन त्यो त मलाई थाहा छैन तर निज रबी लामिछानेले गरेका गैर्‍ह कानुनी कार्यको फेहरिस्त हेर्ने हो भने मलाई लाग्छ उनलाई फाँसी को सँजाय पनि कमनै हुन्छ कि ? किनकी यिनले गर्नै नहुने धेरै कार्यहरु गरेका छन ।
रबी लामिछानेले अहिलेसम्म जे जे गरे ति सबै कृयाकलापहरु समाजबोरिधी छन । जुन देशको महान संस्कारनै ‘भ्रस्टाचारु हो, त्यही संस्कारलाई भात्काउन खोज्ने रबी लामिछाने ‘महापापी’ हुन । जुन देश ‘अनियमितता’ को श्रीङ्गारमा आफ्नो खोक्रो सुन्दरता देखाई रहेको हुन्छ त्यही श्रीङ्गारलाई लत्पत्याएर कुरुप बनाउन खोज्ने रबी लामिछाने एक ‘अपराधी’ हुन । मानव बेचबिखनलाई आफ्नो पेशा बनाएर जसोतसो जीवनयापन गरिरहेका मेहनती तस्करिहरुको पेशानै धरापमा पार्न खोज्ने रबी लामिछाने ‘शोषकी’ हुन । बिदेशमा बेचिन पुगेका नेपाली चेलीहरुको आँशुलाई टेलीभिजनको पर्दामा देखाएर उनिहरुको उद्दार गर्नखोज्ने रबी लामिछाने ‘प्रेश पास’ समेत नलिने ‘पित पत्रकार’ हुन । आर्काको घरमा पसेर घरेलु हिंशाुको खोजखबर लिने अधिकार उनलाई कस्ले दियो ? बिना स्विक्रिती सरकारी कार्यालयहरुमा प्रवेश गरेर घुम्ने मेच माथि मस्त निदाई रहेका हाकिमहरुको निद्रा खल्बल्याउने रबी लामिछाने ‘मानव अधिकार’ बिरोधी हुन । देशको सिमानामा पुगेर हराएका र चोरि भएका स्थम्भहरु खोज्ने रबी लामिछाने ‘देश द्रोही’ हुन । उनी असामाजिक तत्व हुन, जस्ले अन्याय र अत्याचार सहेर मौन बसेको हाम्रो समाजमा आफ्ना ‘कटु’ शब्दहरु मार्फत होहल्ला मच्चाई रहेकाछन ।
यिनी किन देश फिरे र किन हाम्रो भिडमा छिरे र यिनलाई किन अमेरिकाको स्वच्छ हावा नपचेको र यहाँ को प्रदुशित हावामा श्वास लिन आएको रु यिनी अत्याधुनिक टेक्नोलोजीको सहज जीवन छोडेर किन हाम्रो परम्परागत कठिन दैनिकीलाई आत्मसाथ गर्न आईपुगे ? किन ?
यिनी कि त मुर्ख हुन कि त पागल । शायद यिनलाई थाहा छैन, यो देशमा गर्ने भन्दा बोल्ने अनी बोल्ने भन्दा मौन बस्नेलाई पुजिन्छ । यहाँ, जस्ले सामाजिक बिकासको पाइला चाल्छ उस्ले हजार पटक लड्नु पर्छ र चोटै चोट खाएर बिच बाटो रोक्किनु पर्छ । यिनले सुन्तली धुर्मुस र मेनुका थापाहरुको भोगाईहरुबाट सिक्नु पर्ने हो , सिकेनछन । हाम्रो समाजमा स्वच्छ छबीका मान्छेहरु सुहाँउदैनन । हामीलाई रबी लामिछाने, सुन्तली धुर्मुस, मेनुका थापा र अनुराधा कोइरालाहरु चाहिदैनन । हामी हाम्रै हालतमा ठीक छौ, खुशी र सुखी छौ । त्यसैले हाम्रो सुख र खुशीमाथी धावा बोल्ने अधिकार रबी लामिछानेहरुलाई कस्ले दियो रु त्यसैले म सरकार समक्ष रबी लामिछाने लाई खुल्ला मन्चमा ल्याइयोस र हामी आमजनताहरुको अगाडि खुल्लेयाम फाँसी दिईयोस भन्ने आग्रह गर्न चाहन्छु । जुनबेला रबी लामिछाने फाँसिको सुलीमा झुण्डीएका हुनेछन त्यत्तीबेला हामी सरकारको पक्षमा तालीको गडगडाहटले राजाधानीलाई गुन्जायमान बनाउँदै ‘सतीले सरापेको देश’ भन्ने कथनलाई सार्थक बनाइदिने छौ ।
जय होस् ।”

उनको फेसबुक स्टाटस उनको आफ्नै फेसबुक:-