आर्थिक

ज्योतिको एटीएम सेवा अब ठमेलमा पनि

काठमाडौं । ज्योति विकास बैंक लि. ले आफ्नो ग्राहक वर्गहरुमा सेवा विस्तार गर्ने क्रममा काठमाडौंको ठमेल सातघुम्तीमा एटीएम सेवा संचालनमा ल्याएको छ ।

यससँगै वैंकले १८ स्थानबाट एटीएम सेवालाई आफ्नो ग्राहकवर्गमा पु¥याएको छ । हालै मात्र वैंकले क्ऋत् ऋबचम लाई प्रतिस्थापन गरि जिभा डेबीट कार्ड ल्याएको हो ।

यस बैक ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि बजारमा स्थापित गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, ए.टि.एम. सेवा, ३६५ दिने बैंकिङ्ग सेवा एबीबीएस सेवाका साथै आफ्नै रेमिट सेवा ज्योति रेमिट समेत संचालनमा ल्याएको छ ।

हाल बैंकले ५७ वटा शाखा कार्यालयबाट सेवा उपलव्ध गराउँदै आएको छ । यस आर्थिक वर्ष भित्रनै बैंकले थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा ब्त्ः संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजार भन्दा बढि खाताबाट रु. १६ अर्व २ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ६० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्ता पूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।