समाचार

राजधानीबाट ३ जना चोर समातिए, गरगहनासहित लाखौँ बरामद

काठमाडौं । राजधानीबाट ३ जना चोर पक्राउ परेका छन् । बुधबार राजधानी काठमाडौंको टोखाबाट तिनै जनालाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा राजन खनाल, उपेन्द्र खरेल र सौरज तामाङ् रहेका छन् ।

उनीहरुको साथबाट सुनको औँठी, सिक्री लगायत गरगहना र नगद बरामद गरिएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौं पठाईएको छ ।

पक्राउ परेका खनाल र खरेल काठमाडौंका बासिन्दा हुन् भने तामाङ धादिङका बासिन्दा हुन् ।

टोखास्थित गणेस्थानमा रहेको सुरक्षा मानन्धरको डेराबाट करिब ५ लाख नगद र सुनचादीँका विभिन्न गरगहना चोरी गरी तिनै जना फरार रहेका थिए । पिडित मानन्धरले प्रहरीमा दिएको उजुरीका आधारमा उनीहरुलाइ पक्राउ गरिएको छ ।