समाचार

खेतानलाई हतकडी, सुनकाण्डका तथ्य खुल्दैँ

काठमाडौं । ३ हजार ८ सय किलो सुनकाण्ड तथा सनम शाक्य हत्या प्रकरणमा व्यावसायी सञ्जय खेतान पक्राउ परेका छन् । सुन तस्करीबारे गठित गृह मन्त्रालयको अनुसन्धान समितिले खेतानलाइ नियन्त्रणमा लिएको हो ।

केही दिन अघि पक्राउ परेका विमल पोद्धार समूहमा रहेर सुन तस्करी गरेको आरोप व्यावसायी खेतानलाइ लागेको छ ।

छानविन समिति निकट स्रोतका अनुसार छिरिङ वाङ्गेल घलेसँग खेतान निरन्तर सुन तस्करीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अनुसन्धान जारी रहेकाले सुनकाण्डबारे नयाँ नयाँ तथ्यहरु खुल्दै गएका छन् ।