आर्थिक

शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब १२ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल ४९ लाख ६१ हजार ११० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३४.७२ प्रतिशत कम हो । गत साता १८६ कम्पनीको ४८ लाख ६८ हजार ७० कित्ता शेयर रु एक अर्ब ७२ करोड पाँच लाख ६६ हजारमा बिक्री भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १४.७७ अंकले घटेर अन्तिम दिन १२१८.४६ अंकमा पुगेको छ । यसैगरी, समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.९६ अंकले घटेर २५५.७५ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु सात करोड ३३ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । यस्तै, शेयर संख्याका आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख ६९ हजार कित्ता शेयर कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।