शिक्षा

एसईईको परीक्षाफल सार्वजनिक, यी हुन् हेर्ने तरिकाहरु !

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईईको) नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पत्रकार शनिबार पत्रकार सम्मेलन गर्दै नतिजा सार्वजनिक गरेको छ । गत बर्षको चैत्रमा सञ्चालन गरेको परीक्षामा करिब १४ हजार २३४ जनाले ‘ए’ प्लस, ४६ हजार १३० जनाले ‘ए’, ‘५९ हजार ३७ जनाले बी’ प्लस, ‘७० हजार ५१२ जनाले बी’ ग्रेड प्राप्त गरेका छन् भने  ‘६१ हजार ८७० जनाले सी’ प्लस, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् ।

यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी र प्राविधिकतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागिता जनाएका थिए । नतिजा गत बर्ष जस्तै ग्रेडिङ पद्धतिमार्फत सार्वजनिक भएको छ ।

नतिजा विभिन्न वेवसाइट, एसएमएस तथा आईभिआरबाट थाहा पाउन सकिनेछ । १६ वटा वेवसाइटबाट एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । नेपाल टेलकमको आइभिआरमार्फत १६०० मा फोन गरेर निर्देशन अनुसार नतिजा थाहा पाउन सकिनेछ ।

यी निम्न आइभिआर, सन्देश र बेवसाइटबाट सजिलै नतिजा थाहा पाउन सकिनेछ परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।