स्वास्थ्य

स्वास्थ्य चौकी हस्तान्तरण

दाङ । दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । रु एक करोड ७२ लाख ३० हजारको लागतमा सो भवन निर्माण भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका इञ्जिनियर राजेन्द्र पाण्डेयले जानकारी दिए ।

बालमैत्री र अपांगमैत्री चर्पी रहेको सो भवनको तल्लो तल्लामा ११ कोठा र माथिल्लो तल्लामा आठ कोठा छन् । भवन हस्तान्तरण समारोहमा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष बालचन्द्र हमालले भवन निर्माणसँगै सेवामा सहजता हुने विश्वास व्यक्त गरे ।