खेलकुद

ग्रेट हिमालयले उचाल्यो सान क्रिकेट कपको उपाधी

काठमाडौं । वाइवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी कागेश्वरी मनोहरा यु –१६ टि–२० सान क्रिकेट कप २०७५ को उपाधी कब्जा गर्न सफल भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको फाईनलमा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेक्सस एकेडेमी माथि ५ विकेटको जित हात पार्दै उपाधी हात पारेको हो । ग्रेट हिमालयले नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गरे । दोश्रो भएको नेक्ससले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

किर्तिपूर क्रिकेट मैदानमा बर्षाले प्रभावित गरे पछि १० ओभरमा झारेको प्रतियोगिताको फाईनलमा टस जितेर ब्याटिङ्ग रोजको नेक्ससले ९.४ ओभरमा पुरै विकेटको क्षतीमा ४४ रनमात्र बनाउन सफल भयो । नेक्ससका शाहिल पटेलले १२ बलमा ११ जोड्नु बाहेक अन्य खेलाडी सस्तैमा आउट भएका थिए ।

ग्रेट हिमालयका विवेक यादवले २ ओभरमा ७ रनका साथ २ विकेट लिए । यस्तै अभिषेक थापाले १.४ ओभरमा ८ रनमा २ विकेट, राम सुरत यादवले २ ओभरमा ४ रन १ विकेट, पियुष के.सी. २ ओभर एक मेडन, ८ रन १ विकेट, बिज्ञान गौतम २ ओभर ९ रन एक विकेट लिए

४५ रनको लक्षका साथ प्रतिउत्तरमा उत्रेको वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले ९.१ ओभरमा ५ विकेटको क्षतीमा लक्ष पुरा ग¥यो । विवेक यादवले १४ बलमा १६ रन र अभिषेक थापाले २५ बलमा १५ रन जोडे ।

नेक्ससका सुभाष बि.क. २ ओभर ५ रन १ विकेट, तृतराज दाशले २ ओभरमा ९ रन १ विकेट, आविश्कार जोशीले २ ओभरमा ११ रन १ विकेट र चिराग शाहीले २ ओभर १२ रन १ विकेट लिए ।

प्रतियोगिताको म्यान अफ द म्याच ग्रेट हिमालयका विवेक यादव घोषित भए । उनले १४ बलमा १६ रन जोड्नुका साथै २ ओभरमा ७ रनका साथ २ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ४ म्याचमा १०१ बलमा ११५ रनका साथ ओएसिसका आईश भट्टराई, उत्कृष्ट बलर ३ म्याचमा ९ विकेट लिएका एञ्जल्स स्पोर्टसका किशोर बोगटी, ईमर्जिङ्ग खेलाडी बालुवाटार क्रिकेट क्लबका प्रतिक पंडित र म्यान अफ दि सेरिज ४ म्याचमा ६ विकेट ६४ रनका साथ ओएसिसका सचिन शर्मा घोषित भए ।

विजयी टिम तथा खेलाडीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर विन्दु सिंखडा, राष्ट्रिय खेलकुद परिषदका सदस्य उपेन्द्र पौडेल, वडानं. ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजा राम पुढासैनी, वडा सदस्य अष्टलाल श्रेष्ठ, राष्ट्रिय टिम तयारी समितिका प्रमुख अर्जून बि.क., राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, क्रिकेटका प्रमुख प्रशिक्ष जगत टमाटालगायतले पुरस्कार वितरण गरेका थिए ।