विचित्र संसार

पैसा फल्ने रुख भेटियो !

काठमाडौं । सबै मानिसहरु दिनरात पैसाको पछि दौडिरहेका हुन्छन । पैसाको अभावले छट्पटिँदा यसको बोट खोज्ने कुरा समेत गछौँ । मानिसहरु पैसाको लागि आफनो देश छोडेर विदेश जान्छन । तर साँच्चिकै पैसाको बोट भेटियो भने कस्तो होला ? तर इंग्ल्याण्डमा भने साँच्चिकै पैसा फल्ने रुख पाइन्छ ।

तर यो प्राकृतिक रुख भने होइन, मानिसहरुले एक धार्मिक विश्वासका साथ एक रुखमा सिक्का गाड्ने गर्छन् ।

हाल यो रुखमा करोडौँ सिक्का भईसकेको छ । तर पनि अझै इंग्ल्याण्डबासीहरु त्यो रुखमा सिक्का गाड्ने गरिरहेका छन् । यो चलनको सुरुवात १७०० बाट सुरु भएको हो ।

यो रुख इंग्ल्याण्डको स्काटिस द्विपमा रहेको छ । आफ्नो राम्रो भाग्यको लागि यो रुखमा सिक्का गाड्ने गर्छन् । यो रुखमा कैयौँ बहुमुल्य सिक्काहरु गाडिएका छन् ।

जसको मुल्य अरबौँ छ । यो रुखमा इंग्ल्याण्डका अलावा अमेरिकीहरुको पनि उति नै विश्वास रहेको छ । उनीहरु पनि सिक्का गाड्न त्यहाँ जाने गरेका छन् । -एजेन्सी