मनोरञ्जन

‘ग्रेट लभ’ बाट डेब्यु गर्दै शाश्वत

काठमाडौँ । नेपाली चलचित्र ग्रेट लभ मार्फत नेपालको पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अधक्ष्य सुचित्रा श्रेष्ठको छोरा नब नायक शाश्वत श्रेष्ठ चलचित्र क्षेत्रमा प्रवेश गरेका छन् भर्खरै बन्दै गरेको चलचित्र ग्रेट लभ मार्फत उनि अब नेपालीरजतपटकमा देखा पर्ने भएका हुन टिन एजर लभ अर्थात युवा अबस्थाको प्रेमलाइ पर्दा मार्फत देखाउन खोजिएको यस चलचित्रमा नब नायक शाश्वत श्रेष्ठको साथमा नब नायिका एलिजा ओलीलाइ देख्न सकिनेछ ।

देउराली इन्टरनेशनल मिडिया प्रालिको ब्यानरमा बन्दै गरेको यस चलचित्रलाई निर्देशक सुचित्रा श्रेष्ठले निर्देशन गरेकी छिन भने छायाँकार ज्ञानु राइले छायांकन गरिरहेका छन् ।

बालकलाकारको भूमिकामा समेत देखापरिसकेका नब नायक शाश्वत श्रेष्ठले सानै देखि चलचित्र क्षेत्रमा झुकाब राख्दै आएका थिए।

आफ्नो रुचि तथा आमको साथ् सहयोगले हौसिएका शाश्वत हेर्दा पनि निकैनै आकर्षक तथा चकलेटी देखिन्छन नेपाली सिने क्षेत्रमा आएका नब नायक शाश्वत भर्खरै मात्र प्लस टु अध्यन सकेर चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन ।

अभिनय, नृत्य र एक्सनमा पोख्त भएको कारणले गर्दानै चलचित्रमा राम्रो काम गर्ने लक्ष्य बोकेका छन । सानै देखि नायक बन्ने सपना बोकेका शाश्वत भविष्यमा नेपाली रंगिन संसार अर्थात सिने नगरीमा एक उज्वल नक्षत्रको रुपमा उदाउनेमा दुइमत छैन । नेपाली चलचित्र क्षेत्रमा फेरि चलचित्र ‘ग्रेट लभ ’बाट सम्भावना बोकेका एक नवनायक थपिएका छन् नब नायक शाश्वत श्रेष्ठ ।