समाचार

दुनियाँभर नेपालको बदनाम भएको भन्दैँ बाबुरामले गरे यस्तो ट्वीट

काठमाडौं । संसारको सबैभन्दा बढी बिक्रि हुने अंग्रेजी पत्रिकामा नेपालको बदनाम भएको छ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले विश्वमै सर्वाधिक विक्रि हुने अंग्रेजी पत्रिकामा २१ शताब्दीमा पनि नेपालमा छुवाछुत प्रथा रहेको भन्दैँ समाचार छापिनु देशको बदनाम भएको भनि ट्वीट गरेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले नेपालको मध्ययुगीन छाउपडी कुप्रथाबारे समाचार छापिदाँ दुनियाँभर देशको राष्ट्रिय छविमा गम्भीर असर परेका भनी ट्वीट गरेका छन् ।

उनले २१ शताब्दिको अन्तिम दशकमा पनि छुवाछुत अन्त्य गर्न नसक्ने हामीले ठूला कुरा गर्ने भनी ट्वीटमार्फत प्रश्न गरेका छन् । छुवाछुत जस्ता कुप्रथा नै नहटाइ ठूलठूला गफ हाक्नुको कुनैँ औचित्य नभएको डा. भट्टराईको भनाई छ ।

यस्तो छ डा. भट्टराईको ट्वीटः–