खेलकुद

विश्वकपः आज तिन खेल हुदैँ, अहिलेसम्म क–कसले काटे अन्तिम १६ को टिकट ?

काठमाडौं । २१ औँ संस्करणको विश्वकपमा शनिबार पनि तीन खेल हुदैँछ । आज हुने पहिलो खेल समूह चरण जी को हुनेछ । साझँ पौने ६ बजे हुने पहिलो खेलमा बेल्जियम र तुनिसिया आमने सामने हुनेछन् ।

आज हुने दोस्रो खेलमा दक्षिण कोरिया र मेक्सिको भिड्दैँछन् । उनीहबीचको खेल राती पौने ९ बजे मस्कोस्थित रोस्टोभ एरिना रङ्गशालामा हुनेछ । दुवै टाली समूह एफमा छन् । आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।

आज हुने अन्तिम खेललाई प्रतिक्षित खेलका रुपमा हेरिएको छ । समूह एफमा रहेका स्वीडेन र जर्मनीबीच भिडन्त हुदैँछ । उनीहरुको बीचको खेल राती पौनेँ १२ बजे फिस्ट स्टेडियममा हुदैँछ । दुवै टोली विश्वविजेता टोली भएकाले यो खेल पनि प्रतिक्षित छ । यो खेल दुवै टोलीका लागि अन्तिम १६ पुग्न महत्वपूर्ण छ ।

यसैबीच, यसपटकको विश्वकपमा ४ वटा टोलीले अन्तिम १६ को टिकट काटिसेकेका छन् । अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित बनाएका टोलीहरुमा समूह ए, बी र सी बाट क्रमशः रसिया र उरुग्वे, स्पेन र पोर्चुगल तथा इरान र फ्रान्स छन् ।

नकआउट चरणबाट बाहिरिने टिमहरुमा ५ वटा टिम छन् । नकआउट चरणकै दौँडबाट बाहिरिइएका टिममा साउदी अरेबिया, इजिप्ट, मोरक्को, पेरु र कोस्टारिका छन् । समूह डिबाट क्रोएसिया अन्तिम १६ मा पुग्ने पहिलो टिम भएको छ । यसमा नाइजेरिया ३ अंकसहित दोस्रो स्थानमा रहँदा अर्जेन्टिना र आइसल्याण्डको समान १–१ अंकसहित दोस्रो चरण प्रवेशका लागि संघर्षरत छन्।