खेलकुद

ग्रेट हिमालय क्रिकेट एकेडेमी उपाधी नजिक

किर्तिपूर । ग्रेट हिमालय क्रिकेट एकेडेमी उपत्यकामा जारी कागेश्वरी मनोहरा यु–१६ टि २० सान क्रिकेट कप २०७२ को उपाधी नजिक पुगेको छ । ग्रेट हिमालयले ओएसिसलाई २४ रनले पराजित गर्दै उपाधी निकट पुगेको हो ।

किर्तिपूरस्थित क्रिकेट मैदानमा भएको पहिलो सेमिफाईनलमा टस जितेर फिल्डिङ्ग रोजेको ओएसिसले ग्रेट हिमालयलाई २० ओभरमा ९ विकेट लिंदै १०५ रन प्रदान ग¥यो । ग्रेट हिमालयका लागि अमित यादवले ४५ बलमा ४४ रन र बिज्ञान गौतमले ३५ बलमा ३२ रन जोडे । यस्तै अभिषेक थापाले ८ बलमा ३ रन विनित खत्रीले ८ बलमा ४ रन र सचिन अधिकारलिे १५ बलमा ८ रन जोडे ।

बलिङ्ग तर्फ ओएसिसका अनुप नेपालले ३ ओभर एक मेडन ८ रन ४ विकेट लिए । यस्तै सचिन शर्माले ४ ओभर १५ रन २ विकेट, स्वरुप श्रेष्ठ ४ ओभर १८ रन १ विकेट तथा अभिषेक नेपाल २ ओभर १७ रन १ विकेट लिए ।

१०६ रनको लक्ष सहित मैदान प्रवेश गरेको ओएसिस १८.५ ओभरमा सवै विकेट गुमाउँदै ८१ रनमा समेटियो । ओएसिसका अनुप नेपालले १८ बलमा १४ रन, आशिष भट्टराईले १६ बलमा १७ रन, सचिन शर्माले १८ बलमा १३ रन र सुमित श्रेष्ठले १३ बलमा १२ रन जोडे ।

ओएसिसलाईलाई ८१ रनमा खुम्चाउने क्रममा ग्रेट हिमालयका अभिषेक थापाले ३.५ ओभरमा १४ रन दिंदै ३ विकेट लिए । यसतै राम सुरत यादवले ३ ओभर १२ रन २ विकेट, विवेक यादव ३ ओभर १५ रन १ विकेट र सचिन अधिकारी ४ ओभर १७ रन १ विकेट लिए ।

४५ बलमा ४४ रन जोडेका अमित यादव म्यान अफ द म्याच घोषित भए । उनलाई तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक तथा पूर्व फुटबल प्रमुख प्रशिक्षक दीपक शाहीले पुरस्कार प्रदान गरे ।

राष्ट्रिय खेलकुद परिषद् खेलकुद बिज्ञान प्रतिष्ठानको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको दोश्रो सेमिफाईन्लमा नेक्सस क्रिकेट एकेडेमीले सैनिक आवाशिय बिद्यालयलाई २३ रनले पराजित गर्दै फाईनल यात्रा तय ग¥यो ।

टस जितेर ब्याटिङ्ग गरेको नेक्ससले २० ओभरमा ६ विकेटको क्षतीमा १३२ रन बनायो । नेक्ससका लागि विपिन शाहीले ५३ बलमा ४७ रन, प्रियान्सु श्रेष्ठले ३५ बलमा २१ रन र अदित सुवेदीले १३ बलमा २१ रन जोडे ।

सैनिकका आशिष कुँवरले ३ ओभरमा १६ रन २ विकेट, अशिम कार्की ३ ओभर २० रन २ विकेट र अर्जून तामाङ्ग २ ओभर १६ रन १ विकेट लिए ।

१३३ रनको लक्ष लिएर मैदान प्रवेश गरेको सैनिक विद्यालय १७.१ ओभरमा अल आउट हँुदै १०९ रनमा सिमित हुन पुग्यो । करुण श्रीमलले ३४ बलमा ३७ रन, कप्तान जवाफ जंग मल्लले १८ बलमा १९ रन र हरिनारायण खत्रीले १६ बलमा १९ रन जोडे ।

सैनिकलाई १३२ रनमा रोक्ने क्रममा नेक्ससका चिराग शाहले ३.१ ओभरमा १० रन २ विकेट लिए । यस्तै सुमन सुन्दरले ३ ओभरमा २२ रन २ विकेट, सुभाष बि.क.ले ३ ओभरमा १७ रन १ विकेट, तृतराज दाशले ३ ओभरमा २१ रन १ विकेट तथा रिवाज खड्काले ३ ओभरमा २४ रन १ विकेट लिए ।

नेक्ससका म्यान अफ दि म्याच विपिन शाहीलाई क्रिकेट प्रमुख प्रशिक्षक जगत टमाटाले पुरस्कृत गरे ।