आर्थिक

सिभिल बैंकले गर्यो स्मार्ट वेबसाईटको सुरुवात

काठमाण्डौ । सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई सहज ढंगले सुचना प्राप्तगर्न स्मार्ट वेबसाईटको सुरुवात गरेको छ । सो स्मार्ट वेबसाईटको अनावरण बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले गरेका थिए ।

उक्त स्मार्ट वेबसाईट सबै प्रकारका मोबाईल तथा कम्प्युटरमा सजिलै हेर्न सकिन्छ । यो स्मार्ट वेबसाईटमा बैंकको सेवातथा सुविधाको बारेमाजानकारी प्रदान गर्नुका साथै ईन्टरनेट बंैकिङ मार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, ल्यान्डलाइन, एडीयसयल, विद्युत प्राधिकरण तथा डिसहोमको बील भुक्तानी गर्न सकिन्छ ।

सिभिल बैंकले हालसम्म २००,००० भन्दा बढी ग्राहकहरु रहेको रु.३७ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु.३६ अर्व कर्जा लगानी गरेको छ । बैंकको कुलशाखा संख्या ६३ पुगेकोे बैंकले जनाएको छ ।