खेलकुद

¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ

काठमाडौँ । चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय ¥याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ गरिएको छ । चीन सरकारको आयोजनामा आगामी जुन २६ देखि जुलाई १ सम्म हुन लागेको अन्तर्राष्ट्रिय ¥याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीलाई आज नेपाल ¥याफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनका अध्यक्ष मानबहादुुर न्यौपानेले बिदाइ गरे ।

उक्त प्रतियोगितामा नेपालबाट पर्यटन विभागका उपमहानिर्देशक पोषनाथ अधिकारी, नेपाल ¥याफ्टिङ एशोसिएसनका अध्यक्ष निमबहादुर मगर, महासचिव शिव अधिकारी र खेलाडी लीलाबहादुर गुरुङ, जीवन मगर, प्रदीप मगर र सुनिल गुरुङ छन् ।

नेपालसहित २० देशका खेलाडीको सहभागिता रहने उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीले ५० हजार डलर पाउनेछन् । उक्त प्रतियोगितामा ¥याफ्टिङसम्बन्धी २० खेल हुनेछन् ।