आर्थिक

सन्राइज बैंक र भारतको एक्सिस बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाण्डौ । सन्राइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा भारतको एक्सिस बैंक संग रेमिट्यान्स सम्बन्धी सम्झौता गरेको छ । यसबाट भारतमा बस्दै आएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले एक्सिस बैंकको कुनै पनि शाखाबाट नेपालमा सन्राइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्नेछन् । एक्सिस बैंक को भारतमा ३३०० भन्दा बढी शाखाको संजाल छ ।

सन्राइज बैंक लिमिटेड एक्सिस बैंक बीच रेमिटेन्स सम्झौता संगैै भारतको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहिहरुले सन्राइज बैंकको ८८ वटा शाखा र ३ वटा एक्स्टेन्सन् काउन्टरबाट प्राप्त गर्न सक्नेछन् ।