समाचार

फरार चालिसे समातिए, १० लाख सहित डेढ बर्ष कैद

काठमाडौं । भ्रष्टाचार मुद्धामा फरार रहेका शम्भुप्रसाद चालिसेलाई पक्राउ गरि जेल चलान गरिएको छ । केन्द्रिय अुनसन्धान व्युरोको टोलीले उनलाइ बिहिबार कलंकीबाट नियन्त्रणमा लिएको हो । उनलाई डिल्लीबजार जेल चलान गरिएको छ ।

तत्कालिन समयमा सम्पत्ती शुद्धिकरण विभागमा अधिकृतको रुपमा कार्यरत रहेका चालिसेलाइ सेवाग्राहीबाट घुस माग्दै गरेको अवस्थामा ललितपुरको सिद्धिपार्कबाट रङ्गेहात पक्राउ गरेको थियो ।

धादिङ घर भएका चालिसे हाल राजधानीमा बसोबास गर्दै आएका थिए । उनलाई भ्रष्टाचार मुद्धामा १० लाख सहित डेढ बर्ष कैद सजाय सुनाइएको छ ।