समाचार

सालकको खपटा सहित अष्टनारायण हलनजिक ३ जना पक्राउ

काठमाण्डौ । प्रहरीले बुधबार सालकसहित केही ब्यक्तीहरु पक्राउ गरेको छ । काठमाण्डौ प्रहरीका अनुसार दिउसो १ बजेको समयमा काठमाण्डौ वडा न १६ अष्टनारायण हल नजिक सालकको खपटा वेच विखन गर्न लागेको छ भन्ने विशेष सुचना यस परिसर काठमाडौमा प्राप्त भए पश्चात तत्काल परिसर काठमाडौवाट विशेष टोलि परिचालन गरि उक्त ब्यक्तीहरु पक्राउ परेका हुन् ।

उक्त स्थानमा प्रहरीले खोज तलास गर्दा ३ जना व्यक्ति शंकास्पद रुपका कालो झोला वोकि हिडिरहेको अवस्थामा फेला पारी निजहरुलाई चेकजाँच गर्दा नारायण थापाले वोकेको झोलामा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई परिसर काठमाडौवाट थप अनुसन्धान गरि जिल्ला वन कार्यालय हात्तिसारमा सालकको खपटा सहित आवश्यक कारवाहीको लागी कारवाहीको लागि जिल्ला वन कार्यालय, हात्तिसार, काठमाण्डौ पठाईएको बताइएको छ।

पक्राउ परेकाहरु तिनजनै धादिङ्ग जिल्लाका रहेका छन् जसमा वर्ष २० को सन्जय जिसी, वर्ष २६ को प्रमोद आले मगर, वर्ष २६ को नारायण थापा रहेका प्रहरीद्वार सुर्यखबरलाई पठाएको बिज्ञप्तीमा उल्लेख छ ।

पक्राउ ब्यक्तीहरु