खेलकुद

सान क्रिकेट कप सेमिफाईनल समिकरण पुरा

काठमाडौं । कागेश्वरी मनोहरा यु–१६ टि२० सान क्रिकेट कप २०७२ को सेमिफाईनल समिकरण पुरा भएको छ । सेमिफाईनलमा ओएसिस र ग्रेट हिमालयन तथा सैनिक आवाशिय बिद्यालय र नेक्सस क्रिकेट एकेडेमीले स्थान पक्का गरे । बिहिबार किर्तिपूर क्रिकेट मैदानमा भएको पहिलो क्वाटरफाईनल खेलमा सैनिक आवाशिय बिद्यालयले एन्जल्स एकेडेमीमाथी १०४ रनको बिशाल अन्तरको जित निकाल्दै सेमिफाईनल प्रवेश ग¥यो ।

टस जितेर सैनिकलाई ब्याटिङ्ग गर्न आमन्त्रण गरेको एन्जल्सले १३८ रन प्रदान ग¥यो । सैनिकले २० ओभरमा ७ विकेटको क्षतीमा उक्त रन जोडेको थियो । सैनिकका लागि कप्तान जवाफ जंग मल्लले सर्वाधिक ४३ बलमा ४७ रन जोडे । यस्तै क्रिश कार्कीले १७ बलमा २१ रन, श्रृजन गुरुङ्गले अविजित १६ बलमा १६ रन, अर्जून तामाङ्गले १२ बलमा १३ रन र निश्चल तामाङ्गले १८ बलमा १२ रन जोडे ।

बलिङ्ग तर्फ एन्जल्सका योगश रावलले ४ ओभर २५ रन २ विकेट, किशोर वोगटी ३ ओभर १७ रन २ विकेट र विनय घर्ती मगर ४ ओभर २९ रन एक विकेट लिए । सैनिकका श्रृजन गुरुङ्गले ४ ओभरमा एक मेडन सहित ९ रन ४ विकेट, अशिम कार्की ४ ओभरमा एक मेडन सहित ९ रन एक विकेट, कृश कार्की २.३ ओभरमा १ मेडन सहित २ रन २ विकेट, क्षितिज जंग शाही ३ ओभरमा ९ रन एक विकेट तथा आशिष कुँवर २ ओभरमा ४ रन दिए ।

प्रतियोगितामा सैनिकका श्रृजन गुरुङ्ग अविजित १६ बलमा १६ रन तथा ४ ओभरमा एक मेडन सहित ९ रन ४ विकेटका साथ म्यान अफ द म्याच घोषित भए । आजै भएको दोश्रो क्वाटरफाईनलमा नेक्सस क्रिकेट एकेडेमीले बालुवाटार क्रिकेट एकेडेमी माथि ८८ रनको जित निकाल्यो । टस जितेर ब्याटिङ्ग गरेको नेक्ससले ६ विकेटको क्षतीमा १३३ रन जोड्यो । नेक्ससका लागि प्रियान्सु श्रेष्ठले ४१ बलमा ४३ रन जोडे । यस्तै बिपिन शाहीले ३२ बलमा ३४ रन, तृतराज दाशले १३ बलमा १५ रन र अदित सुवेदीले अविजित १६ बलमा १२ रन जोडे ।

नेक्ससको विकेट लिने क्रममा विरोन जोशीले ३ ओभरमा एक मेडन सहित ९ रन दिंदैं २ विकेट लिए । यस्तै प्रतिक पंडितले ४ ओभरमा २३ रनमा २ विकेट, सागर थापाले ३ ओभरमा २२ रन सहित एक विकेट र सदित्य बञ्जाराले ३ ओभरमा २४ रन सहित एक विकेट लिए ।

प्रतिउत्तरमा उत्रेको बालुवाटारले १९.४ ओभरमा अल आउट हुँदै ४५ रन मात्र जोड्न सक्यो । नविन तामाङ्गले ३५ बलमा १२ रन जोड्नु बाहेक कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेक्ससका तृतराज जोशीले ४ ओभरमा एक मेडन सहित ४ रनमा ३ विकेट लिए । उनी म्यान अफ दि म्याच घोषित भए । यस्तै सुमन सुन्दरले ४ ओभर एक मेडल ८ रन २ विकेट, बिपिन शाही ०.४ ओभर ८ रन २ विकेट, रिकेश ओझा ३ ओभर एक मेडन ७ रन एक विकेट, आविष्कार जोशी २ ओभर १ मेडन १ रन १ विकेट लिए ।

प्रतियोगिताको सेमिफाईनल भोली शुक्रबार ८ बजेबाट किर्तिपूर क्रिकेट मैदानमा सुरु हुने कार्यक्रम रहेको छ ।