खेलकुद

फुटबलका स्टार मेस्सीलाइ ठूलो आपत, जेल जान सक्ने

काठमाडौं । विश्वकप फुटबलमा आज राती पनि तिन खेल हुने भएका छन् । दोस्रो चरणका खेलमा आज राती सर्वाधिक चर्चामा रहेको मेसीको अर्जेन्टिना क्रोएसिया विरुद्ध मैदानमा उत्रिने भएको छ । आज राती हुने खेलमा मेस्सीको अर्जेटिना र क्रोएसिया आमनेसामने हुदैँछन् । उनीहरु बीचको खेल नेपाली समय अुनसार पौने १२ बजे सुरु हुनेछ ।

तर यता चर्चित फुटबल स्टार लियोनेल मेसी भने कर छलीमा मुछिएको समाचार प्रकाशमा आएको छ । चर्चित खोज पत्रिका पनामा पेपरर्स–२ ले करछली गर्नेहरुको विवरण सार्वजनिक गरेको छ । त्यसमा मेसीको नाम पनि राखिएको छ ।

पेपर्सका अनुसार मेसी र उनका बुवाले एक कम्पनि सञ्चालन गरेर कर छली गरेको पाईएको छ । मेसीका बुवा सञ्चालन गर्दै आएका ‘मेघा स्टार इन्टरप्राइजेज’ नाम कम्पनि चलाउदैँ आएका छन् ।

मेस्सीको र उनको बुवाको नाम पहिलो पनामा पेपर्समा समेत आएको थियो तर त्यतिखेर मेस्सीले उक्त कम्पनि निष्क्रिय रहेको दाबी गरेका थिए । पछि सो कम्पनि सक्रिय रहेको पाईएपछि मेस्सीलाइ झन्डै २ बर्ष जेल र २२ लाख अमेरिकन डलरको सजाय सुनाईएको थियो । तर स्पेनको कानुनअनुसार मेस्सीलाई छुट दिईएको थियो । त्यहाँको कानुन अनुसार पहिलो पटक २ बर्षभन्दा कम अवधिको जेल सजाय पाएकाले जेल बस्नु पर्दैन् ।

पनामा पेपर्सको यो तथ्य सत्य सावित भएमा मेस्सी जेल जान सक्ने प्रचुर सम्भावना देखिएको छ ।

संसार भरि मेस्सीका करोडौँ समर्थक हरु रहेका छन् ।  पनामा पेपर्सले विश्वका चर्चित व्यक्तीहरुको अवैध रकम र सम्पत्ती सार्वजनिक गर्दै आएको छ ।