समाचार

प्रेम बाँनियाले अमेरिकाबाट रविलाइ यसो भने, धुर्मूस देखि दीपकराजसम्म के भन्छन् ?

हेम राज जोशी/काठमाडौं । चर्चित पत्रकार तथा लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगका सञ्चालक रवि लामिछाने केही दिनदेखि विवादमा तानिएका छन् । पत्रकार लामिछाने विदेशी नागरिक हुन भन्दै उनलाइ केही दिन देखि विवादमा तानिएको हो ।

प्रेस काउन्सिलमा परेको उजुरीको आधारमा उनी विदेशी नागरिक भएको भन्ने हल्ला बजारमा आएको छ । तर यता चर्चित पत्रकार रवि लामिछानेले भने आफूसँग कुनै देशको भिषा नभएको दाबी गरेका छन् ।

केही घण्टा अगाडी फेसबुकमा एक स्टाटस लेख्दै पत्रकार लामिछानेले आफूसँग अमेरिकन पासपोर्ट त के भिषा पनि नरहेको बताएका छन् । नेपाली टेलिभिजन इतिहासकै लोकपिय्र जनताको चासो, गुनासो र प्रश्न सहितको कार्यक्रम सिधा कुरा जनतासँगको प्रस्तोता रविका पक्षमा पूर्व चर्चित पत्रकार प्रेम बाँनियाले अमेरिकाबाट फेसबुकमा आफू पनि रविको विरुद्धमा उत्रेको पिम्साहरुकै कारण देश छोड्न बाध्य भएको भनि लेखेका छन् ।

उनको स्टाटस जस्ताको त्यस्तैः

“एउटा उल्कापात ! एउटा बज्र !! वा एउटा सकारात्मक बिध्वंश !! रबि लामिछानेलाई देशप्रवृति, पत्रकारिता प्रवृति र जीवनका धेरै अनुभव, लडाईंजुधाई र सत्यहरु सुम्पिएर र यताका केही ग्रहण गरेर केही समयको लागि (मात्र केही समयको लागि) विदेसिएको पात्र हूँ म । आज रबिजी त्यही स्टुडियोबाट बोलिरहेका छन् जसका लागि एकएक इटा संकलन गरेर, जग हालेर र त्यसलाई जीवन्त बनाएर हिंडेको हूँ म । आज रबिजी माथि आक्रमण गरिरहेका यिनै पिप्साहरुले हिजो मजस्ता धेरैधेरैलाई देश छोड्न बाध्य पारेका छन्, कति-कतिको के-के समाप्त पारेका छन् भनीसाध्य छैन र यस्तै प्रवृतिका पात्रहरुका कारण आज मेरो देशको हालत खराब छ !!! यो एक प्रकारको ‘ओपनसेक्रेट’ हो ।

उनीहरु भनिरहेका छन् ‘रबिले वर्कपरमिट लिएन, यसो गर्यो- त्यसो गर्यो, जेल हाल्नुपर्छ’ आदिआदि । तर, बिचराहरुलाई के थाहा रबिजीले अमेरिकाको नागरिकता वा पासपोर्ट नै अमेरिकी सरकारलाई बुझाएको कति भयो ? अनि त यति ढिलो आएर (पत्रकारहरु) ‘डेट एक्सपाएर्ड न्यूज’को खेती गरिरहेका छन् ! आज प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम हेर्न नभुल्नु होला र थाहा पाउनुहोला कि यो देशमा दुईचार दाना कुहिएका आलुहरुले सिंगै बोरालाई कसरी दुर्गन्धित बनाइरहेका छन् ? हरपल कुरा भइरहन्छ र भनिरहेको छु रबिजी, कुनै पनि समय, जीवनको कुनैपनि मूल्य चुकाएर देशको लागि परिवर्तनका जबर्जस्त अगुल्टाहरु भएर अघि बढ्नैपर्छ र हम्मेशा म तयार छु अब त हामी झन् तयार भएका छौं विश्वभरीबाट!!!”

त्यस्तै रविलाई चर्चित हास्यकलाकार एवम् समाजसेवी धुर्मूसले पनि साथ दिएको छन् । उनले फेसबुक स्टाटसमा रविलाइ न्यायमूर्तिको संज्ञा दिएका छन् । त्यस्तै अर्का चर्चित अभिनेता दीपक राज गिरीले आएम विथ रवि जी भन्दै स्टाटस पोष्ट गरेका छन् । यस्तो छ क्रमशः धूर्मुस र दीपकराजको फेसबुक स्टाटसः-

“तिमी त्यो ज्योति हौ, अध्यारोमा प्रकाश् छर्न सक्छौं ! तिमी त्यो साहस हौ , लाखौं चटान पनि तोडन सक्छौ ! तिमी त्यो न्यायमुर्ती हौ , हजारौं चेलीको आंशु पुछन सक्छौ ! न्याय नपाएका हरुको वेदना बुझ्न सक्छौ! चोर , फटाहा र घुसखोरी हरुको रामलिला समाप्त पार्न सक्छौ! अब अझै तिम्रो यात्रा दरिलो बन्दै जान्छ, र जानू पर्छ! we are with u रबि दाइ!”

“सामान्य नागरिक जस्को कहिं पहूचं छैन केहि अप्ठेरो पर्यो भने रबि लामिछाने लाइ भेटन पाए हुन्थ्यो भनेको सुनेको छू… केहि भए पनि नभए पनि भरोसा त छ I m with rabi ji.”

आफू विरुद्ध ठूलो षडयन्त्र भएको रविले बताउदैँ आएका छन् । फेसबुक लगायत सामाजिक सञ्जालमा रविलाइ लाखौँ समर्थक तथा शुभेच्छुकले साथ दिएका छन् ।