शिक्षा

भारतीय दूतावासद्वारा महिला सशक्तिकरण कार्यक्रम

काठमाडौँ । नेपाल–भारत महिलामैत्री समाजले ‘जीविकोपार्जन सुधार, महिला सशक्तीकरण तथा जनचेतना कार्यक्रम’ को तेस्रो चरण सर्लाहीमा शुरुवात गरेको जनाएको छ ।

उक्त कार्यक्रमलाई भारतीय दूतावासले सहयोग गरेको छ । भारत सरकारले भक्तपुर, चितवन, सर्लाही र महोत्तरी गरी चार जिल्लामा उक्त परियोजनाका लागि करीब रु ३२ लाखको सहयोग गरिरहेको छ ।

उक्त परियोजनाले ग्रामीण भेगमा सिलाइकटाइ, शृंगार, बजार प्रवद्र्धनसम्बन्धी तालीम प्रदान गरी महिलाको सामाजिक सशक्तीकारणमा सहयोग गर्नेछ ।

भारतले हालसम्म सर्लाही जिल्लामा रु १५ करोड बराबरका आयोजना सम्पन्न गरेको समाजले जनाएको छ । यी आयोजनाअन्तर्गत विद्यालय भवन, लखनदेहीमा नदी नियन्त्रण कार्य र ग्रामीण विद्युतीकरण कार्यक्रम छन् ।

नेपाल—भारतको सिमानास्थित लक्ष्मीपुर–बलरा–गढैया र दलितका लागि सामुदायिक केन्द्रबाट पाँच किलोमिटर दूरीमा अवस्थित मलंगवा नगरपालिकामा हाल करीब रु ३० करोड बराबरका पाँचवटा विद्यालय भवन, कल्भर्ट र ढल निर्माण भइरहेका छन् ।

भारतले सर्लाहीका विभिन्न संस्थालाई ३१ वटा एम्बुलेन्स र एउटा स्कूल बस सहयोग गरेको दूतावासका मिशन उपप्रमुख डा. अजय कुमारले जानकारी दिए ।