आर्थिक

एभरेष्ट बैंकद्वारा मन्दिरलाई सरसफाईको लागि डस्टबिन बितरण

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकले विभिन्न सांस्कृतीक सम्पदा संरक्षणका कार्यक्रमहरु गर्दै आएको छ । यसै सिलसिलामा बैंकले बुढानिलकण्ठ मन्दिर परिसरमा मन्दिरको सरसफाईको लागि डस्टबिन वितरण गरेको छ ।

मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक, एल.वी. प्रभाकरले मन्दिरको व्यवस्थापन समितीलाई डस्टबिन हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुका साथै मन्दिरको व्यवस्थापन समितीका सदस्यहरुको पनि उपस्थिति थियो ।

यस बैंकको ग्राहकहरुको संख्या साढे नौ लाख बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । हालै भएको क्यामल्स रेटिङ मा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।