पत्रपत्रिका

भेदभावलाइ च्यालेन्जः मन्दिरमा दलित महिला पुजारी

दाङ । संविधानमा मुलुकलाई छुवाछुतमुक्त घोषणा गरिएपनि व्यवहारतः त्यसको कार्यान्वयन हुन सकेको छैन । अधिकांश मन्दिरमा दलितलाई प्रवेशमा भेदभाव गरिन्छ । पानी र खानेकुरा छोएको निहुँमा कुटपिट र दुव्र्यवहार भएका घटना निकै सुनिरहन्छन् । यद्यपि दाङमा हिन्दू धर्ममा आस्था राख्नेहरुले स्थापना गरेको एक मन्दिरको अवस्था भने बेग्लै छ ।

मन्दिर भित्र प्रवेश गर्दा पुरै शरीर ढाक्ने पहेलो वस्त्र, निधारमा पनि पहेलै फेटा, घाँटीमा रुद्राक्षको माला लगाएकी एक महिला भेटिन्छिन् । ती हुन् मन्दिरका मुख्य पुजारी दलित महिला । मन्दिर पुगेका कथित ‘उपल्ला जात’का मानिसले ति पुजारी महिलासँग आर्शिवाद मागेर फर्कन्छन् ।

मन्दिरको मुख्य ढोकामा दलित महिला पुजारी उभिएकी हुन्छिन् । पूजाआजा गराइदिन्छिन् । भक्तजनलाई टीका लगाएर आशीर्वाद दिन्छिन् । उनलाई कसैले जातपात सोध्दैन, न उनी नै सोध्छिन् ।

पुजारी महिलाको नाम पार्वती विश्वकर्मा हो । उनी ४१ वर्षकी भइन् । भारतमा जन्मिएकी उनी ३ वर्ष अघि मात्रै नेपाल आएकी हुन् । नेपालमै बस्ने गरी आएकी उनले दाङको घोराही उपमहानगरपालिका १८ मसिनामा जग्गा पनि किनेकी छन् । उनको ३ छोरी र श्रीमान छन् । नयाँ पत्रिका दैनिकबाट साभार गरेका हौँ ।