राजनीति

काँग्रेस नेतृत्व धृतराष्ट्र र सकुनीहरुको हातमा पुग्योः सभापति केसी

हेटौंडा । नेपाली काँग्रेस नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह किेसीले बीपीले स्थापना गरेको काँग्रेस रोगी बनेको बिचार ब्यक्त गरेका छन् । हेटौंडामा सम्पन्न हुन लागेको जिल्ला सभापतिहरुको भेलामा बोल्दै गुटउपगुटमा नेताहरु रमाएर सत्य कुरा सुन्न नै नचाहेपछि काँग्रेसको स्थीती ब्रिग्रीएको आरोप लगाएका छन् ।

महाभारत कुरुक्षेत्रको युद्ध थालेजस्तो अवस्थामा पुगेको छ, कौरब र पाण्डपको निश्पक्ष नेतृत्व नभई कौरब पक्षको मात्र भएको देखिएका कारण काँग्रेसको अवस्था देखिएको हो । धृतराष्ट जस्ता सत्य कुरा सुन्नै नचाहने जस्तै काँग्रेस नेतृत्व धृतराष्ट्र र सकुनीहरुको हातमा पुगेको आरोप लगाउदै काँग्रेसका ७७ वटै जिल्लाका सभापतिहरुले पार्टी, लोकतन्त्र र देश बचाउन साझा एजेण्डामा लाग्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।

सभापति केसीले काँग्रेस सभापति देउवा प्रधानमन्त्री हुंदा प्रधान्यायधीश काण्ड, आईजीपी काण्ड, कान्तिपुरको साझा सवाल काण्ड, राजदूत नियुक्तीमा प्रसाको चलखेल काण्ड लगायतका काण्डहरु मच्चाएका कारण युवाहरुको काँग्रेसमा आकर्षण घटेको बताएका छन् । काँग्रेसले किन निर्बाचन हार्यो त्यो पार्टीका केन्द्रीय सभापतिले जिल्ला सभापतिहरुलाई भूमिकाबिहीन बनाएका पनि एउटा कारण भएको बिचार ब्यक्त गर्दै पार्टी सभापति देउवाले उत्तर दिनुपर्ने बिचार ब्यक्त गरेका छन् । जनता काँग्रेसको पक्षमा भएपनि काँग्रेस नेतृत्वको अदुरदर्शीताका कारण काँग्रेसले निर्बाचन हारेको हो ।

आफूले पार्टी सभापति देउवालाई मतदान गरेर सभापति शेरबहादुर देउवालाई मतदान गरेपनि नेबिसंघ, तरुण दल, महिला संघ सबै बिबाद सतहमा आएपनि मिलाउन नसकेको आरोप लगाएका छन् । आफू संगठन निर्माणका लागी पार्टीले खटाएका स्थानमा खट्ने बचन दिदै अनुशासनको कारबाही गर्ने भन्ने ढोंगी कुरा भएको भन्दै पार्टी सुधारमा सबै लाग्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।