राजनीति

कम्युनिष्ट पत्रकारले मेरो बदनाम गरे: दाहाल, सबैलाइ मिलाएर लैजान्छुः अध्यक्ष आचार्य

हेम राज जोशी/काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको छैँठो महाधिवेशनबाट नवनिवार्चित पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नवनिर्वाचित पदाधिकारीलाइ प्रमुख निर्वाचन अधिकृतले सपथ ग्रहण गराएका हुन् ।

राजधानीको एक पार्टी प्यालेसमा भएको कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाइ बधाई दिन कांग्रेस नेता तथा समर्थकको बाक्लो उपस्थिती रहेको रहेको थियो ।

सपथ ग्रहण गर्दै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पार्टी विधान बेगर कुनै पनि काम नगर्ने बताएका छन् । ट्रेड युनियनको नवनिर्वाचित कमिटिले सधैँ श्रमिक र श्रमको पक्षमा वकालत गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

कार्यक्रममा बोल्दैँ नेपाल ट्रेड युनियनका नवनिर्वाचित अध्यक्ष पुष्कर आचार्यले नयाँ कमिटिलाइ बधाई तथा शुभेच्छा प्रकट गर्ने सबैलाइ धन्यवाद दिएका छन् । अध्यक्ष आचार्यले आफूहरु कैयौँ चुनौती र अवसरको दोसाधमा रहेका बेला अवसरको सदुपयोग र चुनौतीको सामना गरेर अगाडी बढ्न तत्पर रहेको बताए ।

पार्टीको नियमित अधिवेशनको प्रशंसा गर्दै उनले भने, नेपाली कांग्रेसले जून नियमित अधिवेशन गरेको छ, यो प्रशंसनीय छ, यसका लागि निवर्तमान कमिटिलाइ धन्यवाद दिन चाहान्छु, यो इतिहास, यो नजिर सधैँ कायम रहनेछ ।

उनले यो अधिवशेसनबाट कोही नहारेको सबैको जित भएको टिप्पणी गरेका छन् । उनले नवनिर्वाचित कमिटिले अब श्रमिकको हकहितको बाटो हिड्ने कटिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दैँ नेपाल ट्रेड युनियनका निवर्तमान अध्यक्ष खिलराज दाहालले निवर्तमान कमिटीको नवनिर्वाचित कमिटिलाइ सदैव साथ र सुभेच्छा रहने बताएका छन् । नयाँ कमिटिको अगाडी शक्तिशाली कम्युनिष्ट सरकारको दादागिरीका विरुद्ध लड्ने ठूलो चुनौती रहेको र त्यसको डटेर सामना गर्नुपर्ने दाहालको भनाई छ ।

फरक प्रसंग बोल्दैँ दाहालले केही अनलाइनले आफूहरुको चरित्र हत्या गर्न खोजेको आरोप लगाएको भन्दै आक्रोश प्रकट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी निकट केही अनलाइनले भ्रामक र तथ्यहीन समाचार प्रकाशन गरेकोप्रति रोस प्रकट गर्दै उनले भने, निर्वाचनको पूर्वसन्ध्यामा मलाई पैसा खाएको भन्दै कपोलकल्पीत समाचार प्रकाशन भएकोमा दुःख लागेको छ, यदि मैले पैसा खाएको भने प्रमाण चाहियो, दाहालले भने, एमाले र माओवादीका समाचार पोर्टलहरुले मेरो बदनाम गर्न खोजेका मात्रै हुन्, अधिवेशन भएर म मुद्धा हाल्न गइन, यस्ता समाचार लेख्नेहरुलाइ साइबर क्राइममा मुद्धा हाल्नुपर्छ ।

सौर्य पत्रिका भन्नेले आफ्नो गलत समाचार प्रकाशन गरेको भन्दै उनले अघि भने, एमाले माओवादीका समाचार माध्यमहरुले यस्ता भ्रामक समाचार छाप्दै जाने हो भने भोली नेपाली कांग्रेस प्रतिको जनताको विश्वास ह्वात्तै नघट्ने कुरामा दुइमत छैन्, दाहालले भने, यो दुर्भाग्यपूर्ण हो, यो क्रम रोकिनुपर्छ ।

सपथ ग्रहणपछि नवनिर्वाचित कमिटि ट्रेड युनियनको कार्यालयमा पुगि बैठकमा रुपान्तरण भएको थियो ।