सूचना प्रविधि

रेडियो लुम्बिनी पुरस्कृत

काठमाडौँ । बाल संवेदनशील सामुदायिक रेडियो राष्ट्रिय पुरस्कार २०७४ द्वारा रेडियो लुम्बिनी पुरस्कृत भएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका अध्यक्ष बबिना श्रेष्ठले रु ५० हजार राशिको पुरस्कार र सम्मानपत्र रेडियोका अध्यक्ष लक्ष्मण न्यौपानेलाई हस्तान्तरण गरे ।

बाल संवेदनशीलताका क्षेत्रमा रेडियोले पु¥याएको योगदानलाई ध्यानमा राखी सो रेडियोलाई पुरस्कृत गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

सामुदायिक रेडियोलाई बाल संवेदनशील बनाउन पुरस्कारको आयोजना गरिएको सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले बताए ।

सो अवसरमा बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले उपत्यकाभित्रका र बाहिरका सामुदायिक रेडियोलाई निष्पक्षरुपमा प्रतिस्पर्धात्मक ढंगले समावेश गराइएको जानकारी दिए ।

लुम्बिनी रेडियोले विगत १९ वर्षदेखि बालबालिकासम्बन्धी कार्यक्रम प्रसारण गर्दै आइरहेको छ ।