खेलकुद

ओएसिस र ग्रेट हिमालयन अन्तिम चारमा

काठमाण्डौ । ओएसिस र ग्रेट हिमालयन क्रिकेट एकेडेमी कागेश्वरी मनोहरा यु –१६ टि–२० सान क्रिकेट कप २०७५ को अन्तिमा चारमा स्थान बनाउन सफल भएका छन् ।

ओएसिसले आयोजक सान रातो माथि ७९ रनको जित निकाल्दै सेमिमा स्थान बनाएको हो ।

बुधबार किर्तिपूरस्थित क्रिकेट मैदानमा भएको क्वाटरफाईनल खेलमा टस जितेर ब्याटिङ्ग रोजेको ओएसिसले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १४५ रन बनायो । ओएसिसका लागि सुदिप बस्नेतले ४३ बलमा ३५ रन, आईस भट्टराईले २५ बलमा २९ रन, सचिन शर्माले २४ बलमा २७ रन र अमित महतोले ८ बलमा १२ रन जोडे ।

बलिङ्ग तर्फ सानका दिवाकर कुँवरले ३ ओभरमा १८ रन दुई विकेट, सशांक जोशीले ४ ओभरमा ३१ रन २ विकेट, सकृय कार्कीले ४ ओभरमा २४ रन एक विकेट, जेशिस मानन्धरले ३ ओभरमा १७ रन एक विकेट, सुमित घिमिरेले २ ओभरमा २१ रन एक विकेट लिए । यस्तै शिद्धान्त श्रेष्ठले २ ओभरमा १३ रन र प्रशान्त अधिकारीले २ ओभरमा २१ रन दिए ।

१४६ रनको लक्ष पछ्याएको आयोजक सान रातो १८.३ ओरमा अल आउट हुंदै ६६ रन मात्र जोड्न सक्यो । सानका लागि सक्रिय कार्कीले २१ बलमा १२ रन जोड्नु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक छुन सकेनन् ।

बलिङ्ग तर्फ ओएसिसका म्यान अफ दि म्याच सुमित श्रेष्ठले २।३ ओभरमा ५ रन दिंदै ३ विकेट लिए । यस्तै अंश श्रेष्ठले ३ ओभरमा १२ रनमा २ विकेट, अभिषेक नेपालले २ ओभरमा १० रन २ विकेट र स्वरुप श्रेष्ठले ३ ओभरमा १५ रन १ विकेट लिए । यस्तै सचिन शर्माले २ ओभरमा २ रन, निराकार राईले २ ओभरमा ५ रन र निरोज खड्काले ३ ओभरमा ५ रन दिए ।

राखेपका कोषाध्यक्ष शैलेष कर्माचार्यले म्यान अफ दि म्याच सुमित श्रेष्ठलाई ट्रफी प्रदान गरे ।

यस्तै आजै हुने भनिएको पहिलो क्वाटरफाइनल खेल केसिटिसी ए उपस्थित नभए पछि ग्रेट हिमालय क्रिकेट एकेडेमीले वाक ओभर प्राप्त गर्दै अन्तिम आठमा स्थान पक्का ग¥यो ।