समाचार

पत्रकारलाई आगो लगाउन खोजिएको भन्दै महासंघद्वारा भत्र्सना

काठमाडौँ । नेपाल पत्रकार महासंघले रौतहट शाखा सचिव राजेन्द्रकुमार क्षेत्री, सदस्य उमेशकुमार यादव र पत्रकार विनयकुमारलाल दासलाई गौर नगरपालिका–४ टिकुलियाका सञ्जयकुमार सहनीको नेतृत्वको समुहले हातपात, गालीगलौज तथा आगो लगाउन खोजेको घटनाप्रति भत्र्सना गरेको छ ।

महासंघले आज विज्ञप्ति जारी गरी आज बिहान गौरस्थित कर्मचारी मिलन केन्द्रमा आयोजित आमसञ्चार विषयक तालीम स्थलमा सहनीको नेतृत्वमा आएका १०–१५ जनाको समूहले सचिव क्षेत्रीमाथि हातपात गरेको, सदस्य यादवलाई कालोमोसो दलेको र पत्रकार दासको साथमा रहेको एक थान मोबाइल र रु १५ हजार लुट्नुका साथै उनीमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका थिए ।

“कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमको घटना हुनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेस स्वतन्त्रता विरोधी यस्ता घटनाको कडा भत्र्सना गर्दछ र, घटनाको छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याई पत्रकारलाई पेशागत सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गर्दछ” महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।