आर्थिक

महालक्ष्मीको तोरीको तेल बजारमा

बागलुङ । महालक्ष्मी तेल उद्योगले प्रशोधित शुद्ध तोरीको तेल बजारमा ल्याएको छ । उद्यमी सुवास राजभण्डारीको एकल लगानीमा खुलेको उक्त उद्योगले दैनिक एक सय लिटरसम्म तेल उत्पादन गर्ने गरेको छ ।

धवलागिरि क्षेत्रका उपभोक्तालाई लक्ष्य गरी तेल उद्योग सञ्चालन गरेको उद्यमी राजभण्डारीले बताए। आधुनिक उपकरणजडित जिल्लाकै पहिलो उद्योग भएको उनी बताउन्छन् । तोरी पेल्न र शुद्धीकरणको लागि इटालीयन प्रविधिका ‘स्ट्रेलर’ र ‘कम्प्रेसन’ यन्त्र जडान गरिएको छ ।

तीन चरणमा तेल छानिन्छ । परीक्षण उत्पादन गरी तेलको गुणस्तर कायम गरेर बजारमा पठाइएको राजभण्डारीले बताए । उक्त तेलको मूल्य प्रति लिटर रु ३२५ कायम गरिएको छ । बाह्र लिटरभन्दा बढी खरिद गर्नेलाई प्रति लिटर रु तीन सयका दरले तेल उपलब्ध गराउने गरिएको छ ।

एक महिला अघि सञ्चालन गरे उक्त उद्योगबाट उत्पादित तेल बागलुङसँगै, म्याग्दी, पर्वत र मुस्ताङको बजारमा पुगेको छ । यस क्षेत्रमा न्यून मात्रमा उत्पादन हुने भएकोले उद्योगको लागि बाहिरबाट तोरी ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उनले करीब रु ३० लाखको लागतमा सो उद्योग सञ्चालन गरे ।