समाचार

अर्का सुन तस्कर समितिको हात लागे, ठूला माछा पक्राउ पर्लान् ?

काठमाडौं । सुन तस्करीको अनुसन्धानका लागि गठित बिशेष समितिले नयाँ तस्करलाइ नियन्त्रणमा लिएको छ । ३ हजार ८ सय किलो सुनकाण्डमा नयाँ तस्कर व्यावसायी बिमल पोद्धारलाई समितिले नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार मंगलबार राति व्यावसायी पोद्धारलाइ डिल्लीबजारबाट प्रहरीले समातेको थियो । व्यावसायी पोद्धारले सुन तस्करीमा आफ्नो संलग्नताबारे भने खुलाएका छैनन् । थप अनुसन्धान भईरहेको गृहमन्त्रालयको बिशेष अनुसन्धान समितिको भनाइ छ ।

हाल नेपाल प्रहरीका उच्च अधिकारी लगायत सुन तस्करीमा संलग्न दर्जनौ तस्कर पूर्पक्षका लागि थुनामा छन् । व्यावसायी पोद्धार समातिएसँगै ठूला माछा पनि पक्राउ पर्लान भन्ने प्रश्न पनि उठेका छ ।