खेलकुद

आज हुने तिनवटै खेल बिशेष, पहिलो खेलमा रोनाल्डोले कमाल गर्लान ?

काठमाडौं । गत सात सुरु भएको विश्वकपमा आज पनि तिन खेल हुदैँछन् । आज हुने पहिलो खेलमा स्टार स्ट्राइकर किष्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगल र २० बर्षपछि विश्वकप मैदानमा पूनर्वहाली गरेको मोरक्को भिड्ने भएका हुन् ।

पोर्चुगल यो पटक बलियो देखिएको छ । उ उपाधी हात पार्ने दाउमा देखिएको छ । पोर्चुगलले आफ्नो पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको छ । पोर्चुगिज कप्तान रोनाल्डोको आडमा रहेका कारण पनि पोर्चुगललाइ बिश्वकपमा बलियो प्रतिद्धन्दीका रुपमा हेरिएको छ । पहिलो खेलमा रोनाल्डो एक्लैले तिन वटा गोल गरेका थिए ।

इतिहास पल्टाउने हो भने यसअघि सन् १९८६ मा पोर्चुगल र मोरक्को आमनेसामने भएका थिए । जसमा पोर्चुगलले ३–१को पराजय भोगेको थियो । यी दुइ बीचको खेल नेपाली समय अनुसार आज पौने ६ बजे रसियाको मस्कोस्थित एक रङ्गशालामा हुनेछ । यो खेल फुटबलपेमीका लागि रोमाञ्चक बन्न सक्छ ।

त्यस्तै, आज हुने दोस्रो खेलमा साउदी अरेयिबा र उरुग्वेबीच प्रतिस्पर्धा हुदैँछ । यी दुईको खेल नेपाली समय अनुसार पौने नौ बजे रोस्टेभ एरेना रङ्गशालामा हुनेछ । आफ्नो पहिलो खेलमा साउदी अरेबिया आयोजक रसियासँग फराकिलो गोल अन्तरले पराजित भएको थियो भने उरुग्वे सुरुवात देखि नै बलियो प्रतिद्धन्द्धीको रुपमा देखिएको छ ।

आजै हुने अन्तिम अर्थात तेस्रो खेलमा इरान र स्पेन भिड्दैछन् । पहिलो समूह चरणमा मोरक्कोविरुद्ध सानदार जित निकालेको इरान समूह चरण बी को शीर्षस्थ टोली हो । इरान आज पनि जित निकाल्ने दाउमा छ तर आजको खेल उसका लागि सहज छैन् । दुइ पटकको विश्वविजेता स्पेनले इरानसँग प्रतिस्पर्धा गर्दैछ । स्पेनले आफ्नो पहिलो खेलमा लोभलाग्दो प्रदर्शन गरको थियो । उसले पहिलो खेलमा बराबरी खेल्दै पोर्चुगलसँग अंक बाडेको थियो ।