समाचार

रेलमार्गबारे चहलपहल सुरु, केही दिनमै छुकछुके रेल

काठमाडौं । नेपाल भारत जोड्ने एकमात्रै रेलमार्ग पुन सञ्चालनमा आउने भएको छ । नेपाल र भारतीय पक्षबीच यसबारे छलफल सुरु भएको हो । रेलमार्गका विभिन्न विकल्पहरुमाथि व्यापक छलफलका लागि भारतीय अधिकारीहरु अहिले काठमाडौमा छन् ।

भौतिक तथा यातायात पूर्वाधार मन्त्रालयको वैदेशिक महाशाखाका अनुसार रेलको लिक बिछ्याउने काम मोटामोटी रुपमा सकिएको छ । केही स्थानको बाकीँ रहेको र त्यो पनि अन्तिम अन्तिम चरणमा रहेको महाशाखाले जनाएको छ ।

रेलमार्ग सञ्चालनमा ल्याउन विभिन्न विकल्पहरुबारे अहिले छलफल चलिरहेको छ । रेल आफैँ किनेर चलाउने वा भारतीय पक्षसँगको संयुक्त लगानीमा किनेर चलाउने लगायत विभिन्न विकल्पहरु देखिएका छन् ।

रेलमार्ग आफै किनेर चलाउने हो भने त्यसको प्रत्यक्ष फाइदा देशलाइ हुन्छ र संयुक्त लगानीमा किन्ने हो भने देशले आशिंक लाभ मात्रै उठाउन सक्ने देखिन्छ ।

जनकपुर–जयपुर रेलमार्गको लम्बाइ करिब ३५ किलोमिटर रहेको छ । साघुरो रहेको रेलमार्गको लिंक अहिले चौडा पार्ने काम भईरहेको स्रोतले जानकारी दियो ।
रेलमार्गको कार्यालय भवन, कर्मचारी आवास गृह, भन्सार कार्यालय लगायत आवासको निर्माण कार्य सकिसकेको स्रोतको भनाइ छ ।

दुई पक्षबीच भएको सहमती अनुसार रेलमार्ग केही हप्तामै सञ्चालनमा ल्याउने तयारी गरिएको छ तर यसबारे कसले कसरी ल्याउने भन्ने बिषयमा सहमती हुन बाँकी छ ।

यो रेलमार्गलाइ सञ्चालनमा आएको २ बर्षभित्र पूर्वपश्चिम रेलमार्गमा समेत जोड्ने तयारी छ । भारतीय पक्षले पनि रेलमार्गमा चासोँ देखाएपछि नेपाल भारत रेलमार्ग केही हप्तामै सम्भव देखिएको छ । केही दिनमा छुकछुके रेल चल्ने निर्माण पक्षले जनाएको छ ।