विचार/ब्लग

कञ्चनपुरकी नेपाली चेलीको देशप्रतिको माया

‘मेरो देशलाई म सधैं नै माया गरिरहने छु’

गित भन्डारी/ नेपाल एसिया माहादेशमा पर्छ । बिश्वको शक्तीसम्पन्न राष्ट्र चीन र भारत जस्ता शक्तीशाली मुलुक नेपालका छिमेकी हुन् । नेपाल पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म फैलिएको छ । नेपाली, नेपालको राष्ट्र भाषा हो । हाम्रो देशमा हिमाल, पहाड र तराई गरि तीन भाग छन् । विश्वको सबै भन्दा अग्लो चुचुरोको रुपमा रहेको सगरमाथा नेपालमा नै रहेको छ, त्यसैले नेपाललाई सगरमाथाको देश पनि भन्ने गरिन्छ । नेपाल प्रकृतिक सम्पदाले भरिपुर्ण छ । नेपाल सानो भए तापनि हिमालदेखि तराइसम्म पाइने हावापानीका कारण यँहा विविधतापुर्ण प्राकृतिक वनस्पति, फूल, जनावर, चराचुरुङ्गी, झरना, खोला, पहाड आदि पाइन्छ । नेपाल संस्कृतिक विविधताले भरिएको देश हो ।

-गित भन्डारी

मेरो देशका धेरै मानिसहरु खेतिपाती गर्छन्, अर्थात कृषि पेशामा आधिरित छन् । त्यसैले नेपाललाई कृषिप्रधान देश पनि भनिन्छ । नेपालमा विभिन्न किसिमका खाद्यान्नहरु उत्पादन हुन्छन् । हाम्रो देशका धेरै युवा बेरोजगार छन् । त्यसैले धेरैजसौ नेपालीहरु मलेशीया, साउदी, कतार, कुवेत, ईराक लगायतका गल्फ मुलुकमा घरपरिवार पाल्नका लागी मजदुरी गर्न जाने गर्दछन् भने कतीपय अलि संभ्रान्त परिवारका नेपालीहरु अष्ट्रेलीया, अमेरिका, क्यानडा, बेलायत, फ्रान्स लगायतका यूरोप तथा अमेरिकाका मूलूकमा अध्ययन तथा रोजगारीका लागी जाने गरेका छन् । विदेशीएका छन् । नेपालका आदि भन्दा बढि युवाहरु आफ्नो देश छोडि अरु देशहरु तिर पैसा कमाउन जाने गर्दछन् ।

हाम्रो देश नेपाल जल सा्रेतमा बिश्वको नै दोस्रो धनि देश हो । नेपालमा प्रर्यटकीय स्थलहरु पनि धेरै रहेका छन् नेपालका बिभिन्न पर्यटकीय स्थलहरु भ्रमण गर्न बिदेशबाट नागरिकहरु आउने गरेका छन्, बिशेषगरी धार्मिक पर्यटनको हिशाबले नेपा समृद्ध नै छ, यसको सदुपयोग गरेर आर्थिक लाभ लिन भने सरकारले सकेको देखिदैन । हाम्रो देशको जनसख्या झण्डै ३ करोड छ । नेपाल प्रकृतिले धनी भए पनी आर्थिक थीति भने जयदै न्यून छ, । राजनीति अस्थिरताका कारण शान्ती र स्थायीत्व हुन नसक्दा पनि आर्थिक प्रगती र दीगो बिकासतर्फ देश अगाडी बढ्न सकेको देखिदैन । हाम्रो मुलुकमा विभिन्न जात–जाति, भेष–भुषा, धर्म सस्कृतिका मान्छेहरु मिलेर बसेका छन् । देशमा यार्सागुम्बा जस्ता महंगा जडिबुटी हिमाली भेगमा पाइने गर्छन् । मेरो देशको राष्ट्रिय जनावर गाई हो । मेरो देशको राष्ट्रिय फुल लालिगुँरास हो । विभिन्न फरकप्रकारका चराचुरुगीँ, एकसिंगे गैंडा, लगायतका दुर्लभ जनावर पनि पाइन्छन् । नेपालमा विभिन्न प्रकारका चाडपर्वहरु मनाईन्छन् । हिन्दू धर्मालम्बीहरु ८० प्रतिशत भन्दा बढी भएकोले धेरै चाडपर्वहरु मध्ये सबै भन्दा महत्वपुर्ण चाड दशै मानिन्छ । “चार जात छत्तीस वर्णको फुलबारी” का रुपमा रहेको भनेर नेपालका निर्माता पृथ्वीनारायण शाहले भनेको कथन अहिले पनि देखिन्छ । पूर्वमा मेची र पश्चिममा कालीको सीमा कोरेर उत्तर तर्फ प्राकृतिक पर्खाल लगाएको छ । हाम्रो देशको चार किल्लाभित्र प्रकृति रमाएको छ । मेरो देश वीर सहिदहरु जन्माउने देश हो । मेरो देश राष्ट्रियताका लागी, स्वाभिमानका लागी, न्यायका लागी, महिलाका लागी, बालबालिकाका लागी दलीतका लागी, लोकतन्त्रका लागी, वीर पुर्खाहरुले लडेर बचाएका देश हो । बलभद्र कवर, भीमसेन थापा, पृथ्वि नारायण शाह जस्ता नेपाली वीर पुत्रहरुले हाम्रो देशलाई चम्काएका थिए । नेपालमा गौतमबुद्ध, सीता, भृकुटीजस्ता महान् विभूति मेरो देशमा जन्मेका हुन् । मेरो देशमा विभिन्न किसिमका मठ मन्दीरहरु पनि रहेका छन्, अझ राजधानी काठमाण्डौलाई त बिश्वको मन्दीर नै मन्दीरको शहर समेत भन्ने गरिन्छ । हाम्रो देशमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ, त्यसलई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भनिन्छ । नेपालका पहिलो निर्बाचित प्रधानमन्त्री बीपी कोईराला हुन् भने धेरै राजनीतिक परिवर्तन हुदैगर्दा कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समयमा प्रधानमन्त्री बनेका छन् । मेरो देश आर्थिक रुपमा दयनीय भएपनि साँस्कृतिक, पर्यटकीय हिसाबले धेरै रमाइलो छ, कुनैदिन मुलुक आर्थिक हिसाबले समेत समृद्ध हुनेमा बिश्वस्त छु । आफु जन्मेको जन्मभुमिलाई माया गर्नुपर्छ भन्ने मेरो मान्यता अनुसार नै म सधैँ मेरो सुन्दर, शान्त र बिशाल नेपाललाई माया गरिरहनेछु, तपाई पनि गर्नुस है ।