राजनीति

हलमा जिल्ला सभापति भेला, सडकमा नेविसंघको पेट्रोलिय पदार्थको मूल्यबृद्धी बिरुद्धको बहस

हेटौंडा । नेपाली काङ्ग्रेस ७७ जिल्ला सभापतिहरु र केन्द्रीय नेतृत्व हेटौंडाको गर्मीमा कार्यक्रम हलमा छलफलमा व्यस्त भैइरदा नेविसंघको केन्द्रीय नेतृत्व चर्को गर्मीको प्रवाह नगरी वर्तमान सरकारले गरेको पेट्रोलियम पदार्थ मुल्य वृद्धि विरुद्ध सडक बहसमा गरिरहेको थियो ।

पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा निर्धारित तेस्रो चरणका देसव्यापी आन्दोलनका कार्यक्रम कार्यक्रम अन्तर्गत नेविसंघले ३ न प्रदेशको राजधानी हेटौंडाको मुल सडकमै नेविसंघका अध्यक्ष नैनसिंह महरको प्रमुख आथिथ्यतामा सडक बहस सम्पन्न गरेको छ।

सरकारले मूल्य समायोजनको नाममा अन्तर्राष्ट्रिय बजारमा मुल्य घटदा नेपालमा बढाउने कार्य गरेको र एकै महिनामा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेविसंघले आन्दोलन गर्दै आएको छ।

पहिलो र दोश्रो चरणका कार्यक्रम अन्तर्गत गत जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुस गर्ने, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन गर्ने कार्यक्रम सम्पन्न गरेको सङले तेस्रो चरणका आन्दोलनका कार्यक्रम अन्तर्गत आज हेटौंडामा नेविसंघ मकवानपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बहसमा नेविसंघ केन्द्रिय अध्यक्ष नैनसिंह महरले सरकारले जनताको धाद सेक्ने गरि गरेको मुल्य वृद्धि समायोजन नभएर खारेज गर्नुपर्नेमा जोड दिए । बहसमा नेविसंघ महामन्त्री सरोज कुमार थापा पुर्व सह-महामन्त्री निलकण्ठ रिजाल, अधिकाँस केन्दीय सदस्य तथा पदाधिकारीहरु लगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेविसंघ मकवानपुरका सभापति राजु खतिवडाको अध्यक्षतामा सम्पन्न भएको केन्द्रीय सदस्य तारक केसीले जानकारी दिए ।

गत जेठ १९ गते राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा मुल्य बढाएपछि नेविसंघ सरकार विरुद्ध आन्दोलित हुँदै आएको छ । नेबिसंघको आन्दोलनसंग डराएर सरकारले ३ रुपैंया घटाएपनि पर्याप्त नभएको भनदै नेबिसंघले बिभिन्न प्रकारका आन्दोलन गरिरहेको छ ।