सामाजिक सञ्जाल

भीष्मको गम्भीर प्रश्न, तपाँईसँग मेरी श्रीमतीको के सम्बन्ध छ ?

मानौ तपाई एक बिवाहित पुरुष हो। कति त हुनु भएकै होला। भएकालाई झन सजिलो होला उत्तरदिन। पहिले मैले एकदिन एउटा पश्न गरेको स्मरण गराउँछु। त्यो के थियो भने सीतालाई बाल्मिकी ऋषिले दोस्रो बिवाह गर्न किन सुझाव र सल्लाहा दिनुभएन होला !?

त्यसको सुन्दर उत्तर भनेको सीतासँग भेट हुँदा उहाँ गर्भवती र पछि जुम्ल्याहा छोरा लबकुसकी आमा पनि हुनुभएको थियो। यस्तो अबस्थामा एकमहिला जो आमा हुनुहुन्छ उसलाई उसका आफन्त वा होतोसीहरुले बिवाहको लागि बाध्यात्मक परिस्थिति सृर्जना गर्नु राम्रो हुँदैन। गुरुको आज्ञाले त बच्चा नभएका बिवाहित महिलाहरुले परपुरुषसँग बच्चा जन्माउनको लागि शारीरिक सम्बन्ध राख्न पाउने ब्यवस्था गरिएको थियो त्यस बखत। यसले बिवाह भन्दा सृष्टि महत्वपूर्ण हो भन्ने संकेत गर्छ नै। त्यसको राम्रो उदाहरण धृतराष्ट्र पाण्डु र बिदुरको महाभारतमा दिएको पाइन्छ। यो उदाहरण मैले अहिले कलियुगको परिष्थितिको आधारमा शारीरिकसम्बन्ध भन्ने शब्दको प्रयोग गरेको हुँ। यदि गुरुले नै बिवाह गर्ने सुझाव दिनुभएको भए सीताको लागि त्यो आज्ञा सरह हुन्थ्यो। त्यस्तो अबस्थामा सीताले गुरुको आज्ञा पलन गर्दै दोस्रो बिवाह पनि गर्नु हुन्थ्यो। यदि सीतालाई दोस्रो बिवाहको आबस्यकताको महसुस हुँदो हो त त्यसको संकेत कुनै न कुनै किसिमले गुरुलाई गरेको राम्रो हो। सीताले कहिल्यै पनि दोस्रो बिवाहको महसुस गरी त्यसको संकेत पनि गर्नु भएको थिएन। गुरु स्वयं जान्ने हुने कुरै थिएन। सीताको प्रसङ्गचाँहि अहिले कलियुगमा पनि सान्दर्भिक भएकोले मैले प्रसङ्ग झिकेको हो। ताकि यसले अहिले कलियुगमा सबै यस्तै किसिमका भोगीहरुलाई निर्णय गर्न सजिलो होस् भनेर।

अब प्रश्नमा केन्द्रित हौं है !
तपाँई काम गरिरहेको स्थानमा तपाईलाई भेटेर एकजना ब्याक्तिले सोध्नुभयो,’तपाँईसँग मेरी श्रिमतिको के सम्बन्ध छ।’

एक्कासी यस्तो प्रश्नेले तपाँई केही क्षण अलमल्ल पर्नुभयो। तत् पश्चात तपाँई भाबुक हुँदै प्रतिप्रश्न गर्नुभयो ! ‘पहिले मलाई यो भन्नु कि तपाँई र तपाँईकी श्रीमतीको बिवाह भएको कति भयोरु

‘१५ बर्ष भयो’ तपाँईले उत्तर पाउनुभयो त्यस ब्याक्तिबाट।

केही बच्चाबच्चीको बाबु बनिसकेका उक्तब्याक्तिलाई तपाँईले भन्नुभयो,’तपाँईकी श्रीमतीसँग मेरो भेटघाट देखादेख वा बोलचाल नभएको लगभग २५ बर्ष भयो। तपाँई गएर मसँगको सम्बन्ध के होरु भनेर उहाँलाई यही प्रश्न गर्नु! उहाँले जे उत्तर दिनुहुन्छ। त्यो नै मेरो पनि उत्तर हो’।

अब मलाई भन्नुस् त तपाँई र ती महिलाबीचको सम्बन्ध कस्तो वा के होला ?

(यो कल्पनात्मक प्रश्न भए पनि कत्पनात्मक यथार्थ उत्तरको आशबाहेक मेरो अरु केही पनि होइन)

 

भिष्म आचार्य इनरुवा-५, बलाहा सुनसरी