स्वास्थ्य

नरेन्द्र मोदी र स्व. शुशील कोईरालाको नाम भारतीय राजदूत पुरीले योग दिवससंग जोडेर लिएपछि…

काठमाडौँ । चौथो अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी बिहीबार मनाइने भएको छ ।

पतञ्जलि योगपीठ नेपालको आयोजनामा यही असार ७ गते बिहान ६ बजेदेखि ८ बजेसम्म काठमाडौंँसहित सबै जिल्लामा एकसाथ योग शिविर सञ्चालन हुने काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा योगपीठका ट्रष्टी शालिग्राम सिंहले जानकारी दिए । सिंहले कसैले योग सिक्न चाहेमा निशुल्क प्रशिक्षण दिने ब्यबस्था समेत आफूहरुले गरेको जानकारी समेत उक्त कार्यक्रममा दिएका छन् ।

नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालमा चौथो अन्तराष्ट्रिय योग दिवसको शुभारम्भ समुद्र सतहदेखि १२ हजार ५०० फिटको उचाइमा अवस्थित मुस्ताङको मुक्तिनाथ मन्दिरको प्राङ्गणबाट गरिएको र यसले सम्पूर्ण मानवजातिलाई मुक्तिको मार्गमा जान प्रेरित गर्ने बताए ।

पतञ्जलि योग समिति नेपालका प्रमुख लवदेव मिश्र र योग दिवस आयोजक समितिका संयोजक नेपाल प्रहरीका पूर्ब डीआईजी ज्ञानेन्द्रविक्रम महतले पूर्वीय दर्शनको एउटा महत्वपूर्ण उपहारका रूपमा योगलाई विश्वसामू परिचित गराउनु आवश्यक रहेको धारणा राखे ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सबै जिल्लामा पतञ्जलि योग समिति नेपालका जिल्लास्तरीय समितिमार्फत विद्यालय र समुदायलाई लक्ष्य गरी असार १ गतेदेखि साताव्यापी रूपमा योग र प्राणायामका चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको योगपीठले जनाएको छ । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने सन्दर्भमा सन् २०१४ मा राष्ट्र संघको महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव र नेपालका तत्कालीन काँग्रेस सभापति एबं प्रधानमन्त्री सुशील कोइरालाले गरेको समर्थनलाई विश्वका १, १७० भन्दा बढी देशले समर्थन गरिसकेका छन् ।
राजूत पुरीले पटक पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्ब प्रधानमनत्री शुसील कोईरालाको नाम लिएका थिए ।