राजनीति

सभापति देउवा पूर्ब संस्थापन पक्षको चौतर्फी घेराबन्दीमा, सिटौलाले गरे आशनग्रहण नै बहिस्कार !

बिशेष सम्बाददाता/हेटौंडा । नेपाली काँग्रेसको हेटौंडामा संचालन भईरहेको जिल्ला सभापतिहरुको भेलालाई पूर्ब महामन्त्री कृष्ण प्रसाद सिटौलाले बहिस्कार गरेका छन् । सभापति भेलामा पूर्ब महामन्त्री सिटौलालाई संबोधन गर्ने कार्यक्रम नराखेपछि नेता सिटौलाले आशन ग्रहण कार्यक्रम समेतलाई बहिस्कार गरेका छन् ।
पछिल्लो समयमा सभापति देउवाको तीब्र आलोचना गर्ने नेताका रुपमा परिचित पूर्ब महामन्त्रीद्वय कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह र पूर्ब सहमहामन्त्री अर्जुन नरसिंह केसीलाई बोल्ने समय दिईएको थिएन ।

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधी, महामन्त्री डा. शसाँक कोईराला, नेता बिजय कुमार गच्छदार, सहमहामन्त्री डा. प्रकाशसरण महतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

पूर्ब महामन्त्री प्रकाशमा सिंह १२ औँ महाधिवेशनको केही अघिदेखी नै सभापति देउवाको बिरोध गर्ने नेता भएपनि १३ औं महाधिवेशनपश्चात सभापति देउवाको खुलेरै बिरोध गर्ने काँग्रेसका मूख्य नेतामा पर्छन् भने पूर्ब महामन्त्री सिटौला १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा बिजय गराउन मूख्य भूमिका खेल्ने नेतामा भएपनि पछिल्लो समयमा प्रकाशमानलाई नै जित्नेगरी सभापति देउवाको आलोचना गर्न थालेका छन् । नेता सिटौला पूर्ब संस्थापनमा लामो समय राजनीति गरेर स्थापीत भएपनि १३ औं महाधिवेशनमा आफ्नो समूहलाई हराउन सभापतिमा निर्बाचन लडेका थिए । ३ सय २४ मत ल्याएपनि रामचन्द्र पौडेललाई हराउन सिटौलाले मूख्य भूमिका खेलेको आरोप पूर्ब संस्थान पक्षले लगाउने गरेका छन् । केसी पनि तेह्रौं महाधिवेशनमा देउवापक्षबाट महामनत्रीका प्रत्यासी नै रहेका भएपनि १३ औं महाधिवेशनमा सेटिगं मिलाएर आफूलाई हराउन देउवा नै सकृय भएको भन्दै असन्तुष्ट देखिएका थिए ।

पछिल्लो समयमा भने उनी (केसी) पनि देउवाका मूख्य आलोचक मध्येमा पर्न थालेका छन् । यसभन्दा अलवा पुराना नेता कुलबहादुर गुरुगं समेत सभापति देउवाको कट्टर आलोचक बनेका छन् । डा. शेखर कोईराला पछिल्लो समयमा सभापतिको नेतृत्व परिवर्तन नभए काँग्रेस उभो नलाग्ने बताईरहेका समाचार पढ्न पाईन्छ । १३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको समूहबाट केन्द्रीय सदस्यमा बिजय भएका प्रभाबशाली नेता डा. शेखर कोईराला दैनिक रुपमा नेतृत्व परिवर्तनको कुरा उठाउने नेतामा पर्न थालेका छन् । युवा नेता तथा काँग्रेस केन्द्रीय सदस्य गगन कुमार थापाले त प्रतिनिधि सभा निर्बाचन लगत्तै सभापतिबाट देउवाको राजीनामा समेत मागिसकेका थिए । सभापति देउवा पक्षलाई पूर्ब सस्थापन पक्षका नेताहरु एकजुट हुंदै घेराबन्दी गर्ने राजनीतिक धु्रबिबिकरण देखिन थालेको छ । नेपाली काँग्रेसको भातृसंस्था कर्मचारी यूनियन र मजदूर यूनियनमा पूर्ब संस्थापनको धु्रबिकरणका कारण बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बाजी मारिसकेको छ, यी दुई सभापति देउवालाई राजनीतिक रुपमा समाप्त पर्ने नजिर देखिएका छन् । ।
आजको जिल्ला सभापति भेलामा भने मकवानपूर जिल्ला सभापति देउवा पक्षका नेता समेत भएका कारण सभापति देउवालाई प्रतिकुल असर पर्ने नेताहरुलाई बोल्ने कार्यक्रम नराखेको आरोप एक केन्द्रीय सदस्यले नाम नभन्ने सर्तमा सुर्यखबरलाई बताए ।
बिबाद भएपछि सभापति देउवाले कार्यक्रमको बीचैमा स्थगीत गरेका थिए ।

रामचन्द्र पौडेलको टिमबाट महामन्त्री लडेर सभापति देउवाका समर्थकको समेत मत पाउन सफल रहेका डा. शसाँक कोईराला भने अन्तिम समयमा रामचन्द्र पौडेलको समूहमा रहेपनि सभापति देउवाको समेत बिरोध नगर्ने नेतामा मध्यमार्गी भूमिकामा छन् ।
ईमान्दार काँग्रेस कार्यकर्ता र शूभचिन्तक भने काँग्रेसमा भएको गुटबन्दीका कारण हैरान देखिन्छन् । बिरोध गरेपनि नेता सिटौलाबाहेक अन्य नेताहरुले कार्यक्रममा आशनग्रहण गरेका थिए ।