आर्थिक

सिभिल बैंक वित्तीय शिक्षाको छक्कापञ्जा–३ चलचित्रसँग आवद्ध

काठमाडौं । सिभिल बैंक छक्कापञ्जा–३ चलचित्रसँग आवद्ध भएको छ । आज एक कार्यक्रमका बिच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र छक्कापञ्जा–३ का निर्देशक दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

“समृद्धिको लागी सिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढी रहेको सिभिल बैंकले वित्तीय साक्षरता बगैर नेपाल समृद्ध नहुने कुरालाई मनन गर्दै चलचित्रका माध्यमबाट वित्तीय शिक्षाको प्रवद्र्धन गर्ने कुरा बैंकले जनाएको छ ।