देश

गोलिया काठ बरामद

खजुरा बाँके । बाँके जिल्लाको खजुरामा लुकाइछिपाइ राखेको अवस्थामा सालको ३३ गोलिया काठ बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालयले गएराति गरेको संयुक्त छानबिनमा सो काठ बरामद गरेको हो । खजुरा गाउँपालिका वडा नं १ वीरपुरमा इन्द्र मल्लको बगैँचामा लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा खोजी गर्दा ती काठ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद भएको काठ करिब २२० देखि २३० क्युफिटका ३३ थान गोलिया काठ छन् । काठको बरामदी मुचुल्कासहित कारबाहीका लागि जिल्ला वन कार्यालयलाई जिम्मा लगाइएको छ ।