शिक्षा

एसईई नतिजा भोली सार्वजनिक हुदैँ, कसरी हेर्ने ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा ब’धबार सार्वजनिक गर्ने तयारी गरिएको छ . गत चैत्रमा सञ्चालन भएको एसईई परीक्षाको नतिजा बुधबार सार्वजनिक गर्ने गरी तिब्र तयारी भईरहेको हो .

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अन’सार अहिले परीक्षार्थीको प्राप्ताङ्क कम्य’टर राख्ने काम भइरहेको छ . सबै उत्तरप’स्तिकाको परीक्षण भने भईसकेको छ ।

यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी र प्राविधिकतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि भएका थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ ।

सार्वजनिक भइसकेपछि नतिजा थाहा पाउन परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक बेबसाइटमा हेर्न सकिनेछ ।