मनोरञ्जन

छबिराजको ६ करोडको सिनेमा घरमा शिल्पा, चल्दै छ रेस (भिडियो)

ईटहरी । सुनसरीको मुख्य सहरको रुपमा रहेको ईटहरिमा पछिल्लो समय सिने गतिबिधि निकै हुने गरेको छ । बढ्दो सहरीकरण संगै देशमा भित्रिएको नयापन र शैलीबाट ईटहरि पनि टाढिन सकेको छैन । यस्तैमा सिने प्रेमीहरुको लागि ईटहरिमा एउटा मात्रै हाल भैरहेको अवस्थामा भने अब अर्को सिनेमा घर पनि संचालनमा आएको छ । एलाईट सिनेमा घरको नामबाट संचालनमा आएको यो हल केहि दिन अघिदेखि मात्र औपचारिक संचालनमा आएको हो । हलको ईटहरिका मेयर द्वारिकालाल चौधरीले रिबन काटेर औपचारिक उद्घाटन गरेका हुन् ।

आफ्नो आफ्नो हल संचालन गरेर बसेका प्रदिप र छविराज लगायतको टीममा संचालन भएको हल भने यो नै पहिलो हो । आफ्नै जग्गा लिएर नितान्त सिनेप्रेमिहरुको लागि मात्र भनेर सुरु गरिएको यो अत्याधुनिक सिनेमा घरमा २ ओटा सिनेमा हल छ । पहिलो हलमा २०८ जनाको सिट क्षमता छ भने दोश्रो हलमा १४४ जनाको सिट क्षमता रहेको छ । उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो क्वालिटि सहित ठुलो पर्दामा फिल्म हेर्न पाईने सो हलहरुमा फोल्डिंग सिस्टम भएको आरामदायी सिट राखिएको छ ।

यस्तै दर्शकको सिनेमा हेर्ने लगाबलाई ध्यानमा राखेर अन्य सिनेमा हलहरुमा भन्दा सस्तो टिकट दर पनि राखिएको निर्माता तथा हल संचालक मध्येका एक छविराज ओझाले बताए । बार अनुसारको टिकट दरको सिस्टमलाई हटाएर नेपाली फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० मात्र टिकट दर राखिएको छ ।

भिडियो:-