खेलकुद

विश्वकप फुटबलमा आज पहिलो चरणका खेल सकिदैँ, जापान र कोलम्बिया मैदानमा

काठमाडौं । गत सातादेखि सुरु भएको विश्वकप फुटबलमा मंगलबार पनि ३ ओटा खेल हुने भएका छन् । यी ३ ओटा खेलसँगै पहिलो चरणका खेलहरु सकिने भएका हुन् । मंगलबार राति पहिलो चरणको समूह एचका खेलहरु हरु हुदैँछन् ।

आज रातिको पहिलो खेलमा जापान र कोलम्बिया आमनेसामने हुदैँछन् । खेल रुसको सारान्स्कमा रहेको मोरदोभिया एरिनामा नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । दुृवै प्रतिस्पर्धीबीच रोमाञ्चक खेल हुने अपेक्षा गरिएको छ ।

त्यस्तै आज हुने अर्को खेलमा पोल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । राति पौने ९ बजे सुरु हुने उक्त खेल मस्कोस्थित स्पार्टाक स्टेडियममा हुनेछ ।

मंगलबार हुने तेस्रो अर्थात पहिलो समूह चरणको न्तिम खेलमा रुस र इजिप्ट भिड्दैछन् । विश्वकपको उद्घान खेल जितेको रुस विश्वकपको आयोजक राष्ट्र पनि हो । उसले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाइ पराजित गरेर सानदार विजय प्राप्त गरेको छ भने इजिप्टले उरुग्वेसँग आफ्नो पहिलो खेलमा हार व्योहोरेको छ ।

यो खेल नेपाली समय अनुसार राति पौने १२ बजे सेन्ट पिट्र्सवर्गमा हुनेछ । बुधबारदेखि दोस्रो चरणका खेलहरु सञ्चालन हुने फिफाले जनाएको छ ।